Monday, August 7, 2017

चन्द्रग्रहण लागेको बेला आकाशमा हेर्दा घट्यो नसोचेको घटना.हेर्नुस LIVE(भिडियो)

News Update | 11:25 AM |



काठमान्डौ,२४ साउन | श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांगहरूका अनुसार सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।

एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ ।ज्योतिषशास्त्रअन्तर्गत फलादेशमा विश्वास गर्नेहरूका लागि मेष, सिंह, वृश्चिक र मीन राशि भएकाहरूलाई शुभ बताइएको छ। वृष मिथुन, कर्कट, कन्या, तुला धनु, मकर र कुम्भ राशिवालाहरूलाई अशुभ भनिएको छ। श्रवण नक्षत्र मकर राशिकालाई कष्टकर बताइएको छ।


के हो ग्रहण?

संस्कृत भाषको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ हुन्छ, लिनु। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।

सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। चन्द्रग्रहण चन्द्रग्रहणमा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ। यस स्थितिअनुसार पृथ्वीको छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ। खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ, ज्योतिषीय भाषामा। सूर्यग्रहण सूर्य पृथ्वीको सबैभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो।

सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबीच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ। सूर्य र चन्द्रको अवस्था सूर्य चन्द्रमाभन्दा करिब चारसय गुना ठूलो र त्यति नै परिमाणमा टाढा रहेको छ। यसैकारण पनि पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र लगभग उत्रै देखिन्छ। जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा पर्छ तब, चन्द्रमाले सूर्यलाई छेक्छ। यसबेला पृथ्वीका मानिसले आंशिक वा पूर्णरूपले सूर्यलाई देख्न सक्दैनन्। यस्तो हुन्छ प्रक्रिया सूर्यग्रहणमा विपरीत दिशामा रहेको सूर्यलाई आफ्नो मार्गबाट गइरहेको चन्द्रमाले छेक्ने हुनाले यो ग्रहण छोटो समयको लागि मात्र हुने गर्दछ।

वैज्ञानिकहरूका अनुसार सूर्य ग्रहण एकपटकमा दुईसय ६९ किलोमिटर फराकिलो क्षेत्रबाट हेर्न सकिन्छ । सूर्यग्रहण फरक फरक ठाउँबाट फरक फरक देखिन्छ तर, चन्द्रग्रहण भने ग्रहण देखिने सबै ठाउँबाट उस्तै देखिन्छ। पृथ्वीमा बसेर आफ्नो पहुँच बाहिरको ग्रहहरूको गतिको गणना गरेर निर्दिष्ट समयमा ग्रहण लाग्ने भविष्यवाणी गर्नु कम चुनौती वा रोचक विषय होइन। महिनाको दुईपटक सूर्य र चन्द्रको संयुक्ति हुने र त्यति नै बेला ग्रहणको सम्भावना हुन्छ तर पनि सबै औंसी र पूर्णिमामा ग्रहण लाग्दैन। एक वर्षको अवधिमा ५ वटा सूर्यग्रहण र दुईवटा चन्द्रग्रहण वा चार वटा सूर्यग्रहण र ३ वटा चन्द्रग्रहण लाग्नसक्ने खगोलशास्त्रीहरूको भनाइ छ।

वेदमा ग्रहण

मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ। ऋग्वेदलगायत ब्राह्मणगन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन्। वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन। त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्। पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्।

‘ग्रहणको समय सबै स्थानका जल गंगाजल समान पवित्र हुन्छन्। सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन्’, भनिएको छ पौराणिक ग्रन्थहरूमा। ग्रहण र विश्वास पुराणमा ग्रहण हुनुलाई सूर्य र चन्द्रलाई राहुले निलेको भन्ने अर्थ दिइएको छ। त्यसैले यसबेला सुतक लाग्ने हुनाले हाम्रा पञ्चांगहरूमा ग्रहणसमयमा गर्नुपर्ने नियमहरू बताइएका पाइन्छन्।

ग्रहणको समयमा भोजन

सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ। आजको ग्रहणका लागि दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ । धार्मिक शास्त्र अनुसार भोजन स्वस्थ मानिसले भोजन गुर्न हानिकारक मात्र होइन स्वास्थ्य प्रति प्रतिकुल समेत हुने बताइएको छ । यस्तोमा चन्द्रमामा पर्ने असरको सिंधा रुप अन्नमा पर्ने भएकाले अन्न ग्रहण नगर्नु जायज मानिंदै आएको छ।

यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। ज्योतिषशास्त्रमा ग्रहण लागेको राशि र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशि र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ।

ग्रहणका कार्य यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यको लागि त्यागिन्छ। ग्रहणको समयमा सूर्यबाट प्राप्त हुने उर्जामा केही गडबडी पैदा हुने हुँदा यस समयमा सम्पूर्ण प्राणीलगायत मानिसमा समेत नकारात्मक असर पर्दछ। यसकारण पनि ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ।

ग्रहण लाग्दा के-के गर्नु हुँदैन ?

ग्रहणको पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

चन्द्र ग्रहणले राशीमा पार्ने असर

मेषः मेष राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा ढी ध्यान दिनुपर्दछ । कुनै पनि कुरालाई लिएर मन चिन्तित र खिन्न बनाउनु हुँदैन ।

वृषः वृष राशिका व्यक्तिहरु कुनै प्रकारको पारिवारिक समस्यामा फस्न सक्ने सम्भावना बढी छ । साथै आफ्नो सन्तानसँग जोडिएका विषयलाई लिएर चिन्ता बढ्न सक्दछ ।

मिथुनः मिथुन राशिका व्यक्तिहरुलाई चन्द्रग्रहणले लाभ दिन्छ । साथीहरुको सम्बन्धबाट सुख र सहयोग प्राप्त हुनेछ ।

कर्कटः कर्कट राशीका व्यक्तिहरुलाई आजको चन्द्रग्रहण शुभ मानिएको छैन । जीवनसाथीलाई कष्ट हुने योग छ । खर्च बढ्ने र मानसिक तनाव हुनसक्ने छ ।

सिंहः सिंह राशी भएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आउनसक्छ । कुनै न कुनै कुराले तनाव रहिरहन सक्छ । कष्टको अनुभूति पनि हुन्छ ।

कन्याः कन्या राशी भएका व्यक्तिहरुलाई पैसाको संकट पर्नेछ । खर्चलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । व्यय बढ्ने र मान सम्मानमा आँच आउने भएकाले विशेष सजग हुनपर्ने छ ।

तुलाः तुला राशी भएकाहरुलाई आजको चन्द्रग्रहण शुभ छ । आज धेरै खुसी प्राप्त हुनेछ । बिग्रेका कामहरु बन्ने छ । घर गृहस्थीको स्थितिमा सुधार हुनेछ ।

वृश्चिकः वृश्चिक राशी भइकाहरुलाई पनि चन्द्रग्रहण शुभ छ । धनलाभ मिल्ने योग छ ।

धनुः धनु राशी भएकाहरुलाई आजको दिन खासै राम्रो मानिएको छैन । धन हानी हुने योग छ । त्यसैले पैसाको लेनदेन गर्दा सावधानी हुनुपर्ने र सोचबिचारका साथ निर्णयमा पुग्नुपर्ने हुन्छ ।

मकरः मकर राशीमा नै चन्द्रग्रहण छ । त्यसैले आजको दिन राम्रो मकर राशी भएकाहरुलाई राम्रो छैन । दुर्घटना हुनसक्ने योग छ । सजग हुनुपर्ने र लापरवाहीबाट बच्नुपर्ने हुन्छ । शत्रुहरु सक्रिय भएकाले नोक्सान पुर्याउन सक्छन् । शारीरिक कष्ट पनि हुनसक्ने योग छ ।

कुम्भः कुम्भ राशी भएकाहरुलाई पनि आजको दिन राम्रो छैन । धन सम्बन्धी मामिलामा सावधानी अपनाउनुपर्ने छ । धन हानीको योग छ । आफ्ना नराम्रा आनिबानी आजैको दिनबाट सुधार्दा राम्रो हुन्छ अन्यथा त्यसैबाट नकारात्मक असर पर्ने छ ।

मीनः मीन राशी भएकाहरुलाई आजको चन्द्रग्रहण अनुकल रहनेछ । तर, धन सम्बन्धी मामलामा भने सावधानी रहनुपर्ने छ । धन हानीको आशंका छ
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger