Thursday, August 31, 2017

आज अब केहीबेरमा हुने नेपाल आइडलमा राजेशपायल राई आउँदै

News Update | 7:24 AM |



काठमाडौं, १५ भदौ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आजको अंकमा चर्चित गायक राजेशपायल राई आउँने भएका छन् ।

आइडलको उक्त एपिसोड आज राति ८ः४५ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने छ । आजको एपिसोडमा ‘टप ४’ प्रतिस्पर्धीले प्रस्तुती दिनेछन् ।आइडलको ‘टप ४’ मा पोखराका बुद्ध लामा, मोरङका निशान भट्टराई, ललितपुरका प्रताप दास र चितवनका सागर आले पुगेका छन् ।

आजको प्रस्तुति पछि प्राप्त हुने भोटका आधारमा सबैभन्दा कम भोट ल्याउने एक प्रतिस्पर्धी भोली (शुक्रबार) आइडलबाट बाहिरिने छन् भने बाँकी तीन प्रतिस्पर्धीबाट एक जनाले आइडलको टाइटल जित्ने छन् ।

असोज ६ गते कतारको दोहामा आइडलको फिनाले हुने छ । टाइटल विजेताले महिन्द्राको ‘केयूभी १००’ मोडलको गाडी र २० लाख नगद प्राप्त गर्ने छन् ।

यस्तै दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger