Monday, August 28, 2017

चलिरहेका बैंकहरुले दिने ब्याजदर कति छ ?

News Update | 2:22 AM |


१२ भदौं, काठमाडौं ।खर्च गरेर बाँकी रहेको धेरथोर पैसा कतै शुरक्षीत राख्न बैंकको जरुरत पर्दछ कुनै समय मुद्दती निक्षेपमा १२ देखि १४ प्रतिशतसम्म व्याज दर दिइरहेका बैंकहरुले व्यालगानी योग्य पुँजी अभाव हुँदा तथा तरलताको अभाव हँुदा पूँजी बृद्धि गर्न बढाइएको ब्याजदर, बैंकहरुमा पछिल्लो समय यो समस्या हटेपछि बैंकहरुले निक्षेपको व्याज दर घटाउन थालेका हुन् ।
अहिले मुद्दती निक्षेप राख्दा सबैभन्दा धेरै व्याजदर मेगा, जनता, सेञ्चुरी लगायतका बैंकहरुले दिइरहेका छन् । मेगा र सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा १० प्रतिशतसम्म व्याज दर दिइरहेका छन् । सेञ्चुरी र जनता बैंकले बचतमा पनि ६ देखि ८ प्रतिशतसम्म व्याज दिइरहेको छ ।
त्यस्तै कुमारी, एभरेष्ट बैंकले मुद्दती निक्षेपमा अधिकत्तम ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् । नेपाल एसबीआई बैंकले अधिकत्तम ८.५० प्रतिशत र नबिल बैंकले ९ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने मुद्दती निक्षेपमा अधिकत्तम ७ प्रतिशतसम्म व्याज दर दिने भएको हो । साउन अन्त्यसम्ममा ८ देखि ११ प्रतिशत व्याज दर दिइरहेको बैंकहरुले यो दर घटाएका हुन् । अधिकांशमा मुद्दतीको व्याज दर ८ प्रतिशतमा रहेको छ । ८ प्रतिशत व्याज दर नै बजारमा हाल मुद्दती निक्षेपको लागि स्थापित व्याज दर भएको छ ।ज दर घटाउन सुरु गरेका छन् ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger