Wednesday, August 30, 2017

चितवनको मंगलपुरमा छोराको कुटाइबाट आमाको मृत्यु

News Update | 9:54 AM |



चितवन –भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ बर्षीय सविता दरैलाई आफ्नै छोरा २० बर्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । – रासस
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger