Saturday, August 26, 2017

तिब्बत चीनले खाइहाल्यो नेपाल पनि खान सक्छ,होस गर्नुस-भारतबाट चिनबिरुद्ध शब्द

News Update | 10:22 AM |



काठमाडौं – भारतका खाद्य तथा सार्वजनिक वितरण मामिला सम्बन्धी मन्त्री रामविलास पासवानले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष चीनको बारेमा कडा टिप्पणी गरेका छन्। नेपालको दक्षिणी सीमामा अवस्थित भारतको बिहार प्रान्तबाट प्रतिनिधित्व गर्ने पासवान लोकजनशक्ति पार्टीका अध्यक्ष हुन्।

सत्तारुढ भारतीय जनता पार्टीका नेताहरु सम्मिलित इण्डिया फाउण्डेसनद्वारा नयाँ दिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री पासवानले भने, ‘तिब्बत चीनले खाइहाल्यो। नेपाल पनि खान सक्छ,होस गर्नुस।’ आठ पटक लोकसभामा प्रतिनिधित्व गरेका रामबिलास सन् १९४६ जुलाई ५ मा जन्मिएका हुन्।




पासवानको यस्तो टिप्पणीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै प्रतिवाद गरेका थिए। ‘चीन र नेपालबीच अत्यन्त राम्रो सम्बन्ध छ, चीन नेपालको घनिष्ट र असल छिमेकी हो। तपाईले चिन्ता गरिरहनु पर्दैन,’ प्रधानमन्त्रीले जवाफ दिएका थिए। भारत र चीनबीच दोक्लाममा भइरहेको विवादका बारेमा भने नेपालले आफनो तटस्थता कायम गरेको ती सहभागीले बताए। भारतीय विदेशसचिव एस जयशंकरले पनि दोक्लाम विवादका बारेमा कुनै छलफल नभएको बताएका थिए। अन्नपूर्ण
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger