Monday, August 28, 2017

शरीरमा यस्ता लक्षण देखिन्छन् ? एड्स लागेको हुनसक्छ.जानकारीको लागी सेयर गरौ

News Update | 10:15 AM |



अहिले विश्वकै मानिसहरु गम्भीर प्रकृतिका रोगबाट ग्रसित छन् । त्यसमध्येको एक हो, एचआईभी एड्स । हाम्रो देशमा पनि यस्ता धेरै व्यक्ति छन्, जो एचआईभी एड्सबाट पीडित छन् ।

यो रोग असुरक्षित यौन सम्पर्क, दूषित रगत, प्रयोग गरिएका सुई (इन्जेक्सन)बाट सर्छ । सुरक्षित यौन सम्पर्कले केही हदसम्म एचआईभी सर्ने समस्यालाई समाधान गर्न सकिन्छ । यद्यपि मानिसहरुलाई यसप्रति जागरुक गराउन सके यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिन्छ ।

एचआईभीको सुरुवाती चरणमा यो रोग लागेको थाहा हुँदैन । तर उपचारमा धेरे ढिलाइ हुँदा व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसकारण एआईभी लागेको बारे यसको सुरुवाती चरणमै थाहा पाउनसके उपचार गरेर पनि धेरै वर्षसम्म स्वस्थ भएर बाँच्न सकिन्छ ।


यसका लागि शरीरमा देखिने केही लक्षण चिन्नु जरुरी हुन्छ । हामीले यो आलेखमा एचआईभीको सुरुवाती चरणमा शरीरमा देखिने पाँच लक्षणबारे उल्लेख गरेका छौं । ति लक्षणहरु यस्ता छन्,

लामो समयसम्म ज्वरो आउनु

सामान्यतया ज्वरो आउनु एक आम तथा सामान्य समस्या हो । तर यो बिमारी लामो समयसम्म रह्यो भने एचआईभी लागेको प्रारम्भिक लक्षण हुन सक्छ । यदि तपाईलाई लामो समयसम्म ज्वरो आइरहेको छ भने तुरुन्त चिकित्सकसँग परामर्श गरेर रगत परीक्षण गराउनुहोस् ।

थकान
एचआईभीका जीवाणुले हाम्रो शरीरको कार्यक्षमतामाथि नराम्रो असर गर्छन् । यस्तो अवस्थामा मानिसहरु धेरै थकान महसुस गर्छन् । यदि तपाईलाई पनि काम नै नगरी थकान लाग्छ भने सावधान हुनुहोस् । यो एचाईभी लागेको प्रारम्भिक लक्षण हुनसक्छ ।


मांसपेशी दुख्ने समस्या
एचआईभी पीडित व्यक्तिमा मांसपेशी दुख्ने समस्या हुन्छ । यदि तपाईमा पनि लगातार मांसपेशी दुख्ने समस्या छ भने सावधान हुनुहोस्, कतै एचआईभी त लागेको छैन ?

टाउको दुख्ने समस्या
एचआईभीको भाइरसका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । जसका कारण नियमित जस्तो टाउको दुखिरहन्छ । यदि तपाईमा पनि लगातार टाउको दुख्ने तथा घाँटी दुख्ने समस्या छ भने रगत परीक्षण गराइहाल्नुहोस्, एचआईभी लागेको हुनसक्छ ।


शरीर चिलाउने तथा छालामा दाग देखिनु
भनिन्छ कि तपाईको छालाले नै शरीरको बारेमा सबैथोक बताउँछ । यो कुरामा धेरै हदसम्म सत्यता पनि छ । एचआईभी संक्रमण हुँदा पनि छालाले चेतावनी दिन्छ । यदि छाला चिलाउने तथा दाग र धब्बा देखिने समस्या छ भने यो एचआईभीको लक्षण पनि हुन सक्छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger