Tuesday, August 29, 2017

चुल्ठो काटिनुको रहस्य यसरि भयो प्रदाफास हेर्नुहोस सनसनीपूर्ण रिपोर्ट

News Update | 10:40 PM |


काठमाडौं । भारतका विभिन्न शहरहरुमा केही साताअघि अज्ञात तरिकाले महिलाहरुको चुल्ठो काटिने गरेका घटनाहरु बाहिर आएका थिए । केहि दिन अघि मात्रै नेपालका कपिलवस्तु, रूपन्देही, धनुषा लगायतका जिल्लामा सोही प्रकारका घटनाहरु भएको कुराहरु सार्वजनिक भएका थिए ।
अहिले सम्म पनि महिलाको चुल्ठो कसरी काटिन्छ भन्ने कुराको पुष्टी भैसकेको छैन् । यद्यपी महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला जनकपुरमा ‘कपाल काट्ने किरा’ भेटिएको भन्दै हेर्नेको भीड लागेको छ ।
जनकपुर उपमहानगरपालिकाको रामपुरमा मंगलवार एक युवतीको कपाल काटिने घटना भएसंगै गएका स्थानियबासिन्दाहरुले केशमै लटपटिएको अवस्थामा एक अनौठो प्रकारको किरा फेला पारेका थिए ।
अनौठो प्रकारको गन्ध पनि आउने किरा समाउने स्थानियबासिन्दाहरुले सानो डब्बामा राखेर जमिनमा गाडेको भएपनि जनकपुरका पत्रकार विकास साह घटना स्थल पुगेर उत्खनन गरेका थिए ।
मंगलबार राति ल्याइएको किरालाई ठुलो बट्टामा राखिएको अवस्थामा राति १ बजे तिर मरेको छ । आज विहान सो किरा हेर्न निकै मान्छेहरुका घुइचो लागेपछि अहिले उक्त किरालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका एसपी लालमणि आचार्यले बताएका छन् ।
आफुलाई किराबारे जानकारी प्राप्त भएलगतै किरा जिल्ला प्रहरी कार्यालय ल्याइएको बताउँदै धनुषाका एसपी आचार्यले भन्नुभयो सो बारेमा किरा अनुसन्धानकर्ताहरुलाई जानकारी गराएका छौँ अहिले अनुसन्धानकै क्रममा रहेकाले केही भन्न सकिँदैन् ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger