Saturday, August 5, 2017

प्रहरीको फन्दाबाट बच्ने क्रममा उर्लेर आएको बाडीमा परी एक युवकको मृत्यु(सानो रिपोर्ट)

News Update | 7:06 AM |



श्रावण २१, २०७४- प्रहरीबाट फुत्केर भाग्न खोज्ने एकजना युवा होटल संचालकको महेशखोलाले बगाएपछि मृत्यु भएको छ । पृथ्वीराजमार्गको गल्छी गाउपालिका–७, भल्टारमा राजधानी नामक होटल संचालन गर्दै आएका राजकुमार तिमिल्सिनालाई प्रहरिले नियन्त्रण लिन खोज्दा उनी खोलामा खसेका थिए ।

नुवाकोट बेलकोटगडि नगरपालिका–९ बस्ने राजकुमार तिमिल्सिनाले गए राति मादक पदार्थ सेवन गरी यात्रुलाई खाना खुवाउन रसुवा र नेपालगंजबाट आएका रात्रीबसमा तोडफोड गरी चालक र यात्रुहरुहरुलाई समेत कुटपिट गरेका थिए । नेपालगंजबाट आएका २ जना यात्रुसमेत घाइते भएपछि प्रहरीलाई फोन आएको थियो गजुरीस्थित प्रहरी कार्यालयका निरिक्षक वरुणबहादुर सिंहले बताए ।

प्रहरी पुगे लगत्तै पक्राउ पर्ने डरले होटल पछाडिबाट भागेर जोगिन खोज्दा ४ सय मिटर भिरबाट खसेर महेस खोलामा झरेका थिए । हिजो दिनभरको वर्षातले बाढी आएको महेश खोलाले बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ ।


शनिबार बिहान खोलाले भगाएर करिब ८ सय मिटर भन्दा तल पुर्‍याएको अवस्थामा राजकुमकारको शव फेला परेको थियो । सवारीसाधन तोडफोड गर्ने र यात्रुहरुलाई कुटपिट गरेको आरोपमा स्थानीय शंकर भट्ट र बिकेस अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजकुमार तिमिल्सिनासंगै भाग्ने अशोकको भने जंगलमा रुखमा अल्झेर जोगिएको थियो । शव परिक्षणको लागी गजुरी अस्पताल लगिएको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger