Saturday, August 5, 2017

ब्रेकिङ न्यूज : भरतपुरको मेयरमा रेणु दाहाल बिजयी, उपमेयरमा पार्वती शाह विजयी

News Update | 9:07 AM |


चितवन(जस)–भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहाल निर्वाचित भएकी छन् । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)की साझा उम्मेदवारका रुपमा रहेकी दाहालले भरतपुृर १९ र २० को मतगणना सम्पन्न हुँदा अप्रत्यासित रुपमा अग्रता लिदैं बिजय हासिल गरेकी हुन् । दाहाल २ सय ३५ मत अन्तरले बिजयी भएकी हुन् । परिणाम औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ ।
वडा नं १९ को मतगणना सम्पन्न हुँदा सम्म २२१ मतले अग्रता लिएका नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली वडा नं २० को मतगणनमा भने दाहालसँग पछि पर्दै पराजित भएका हुन् ।
गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रवार पुनः मतदान भएको थियो भने वडा नं–२० को मतगणना हुन बाँकी थियो । यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाह विजयी भएकी छन् ।
विस्तृत विवरण एकैछिनमा ………………..
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger