Saturday, August 5, 2017

रेणु दाहालको जित पक्का.बिजयी र्याली निकाल्ने तयारी.कस्तो छ भरतपुरको माहोल,हेर्नुस LIVE

News Update | 8:37 AM |



भरतपुर। भरतपुर महानगरको मेयर पदमा देवी ज्ञवालीलाई पछि पार्दै रेणु दाहालले अग्रता लिएकी छिन् । मत परिणामले जुन अनुपातमा रेणुको अग्रता बढाएको छ त्यसबाट उनको जित निश्चित देखिन्छ।



कांग्रेस-माअोवादी केन्द्रका समर्थकले रेणुको जित निश्चित ठहर गर्दै खुसी मनाउन सुरू गरेका छन्।



माअोवादी केन्द्रका गणना प्रतिनिधि सुदिव सुवेदीले दिएको जानकारी अनुसार १० बजे सम्ममा गणना सकिने छ। ‘भोली आइतबार नै विजयउत्सव हुनेछ, त्यसको तयारी पनि चलेको छ।’ उनले भने ‘हाम्रो अनुमानमा २ सयदेखि ५ सय मतअन्तरले जित्ने निश्चित छ।’



वडा नम्बर २० को मतगणना सुरु हुँदा २ सय २१ मतले पछि रहेकी रेणुले वडा २० को १६ सय मत गन्दा मतअन्तर शून्य बराबरमा झारेकी हुन्।



पछिल्लो परिणामले गणनास्थल भरतपुरको कभर्ड हल बाहिर कांग्रेस-माअोवादी केन्द्रका कार्यकर्तामा उमंग छाएको छ भने एमाले कार्यकर्तालाई निरास पारेको छ।



चीर प्रतीक्षित भरतपुरको मेयर पद को होला भन्ने प्रश्नको लगभग जवाफ मिलेको छ। रेणुको जित करिव निश्चित भएको छ।

लगातार अग्रतामा रहेका ज्ञवालीको अग्रता अन्तिम वडाको आधा मत गन्दा तोडिएको छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger