Tuesday, August 29, 2017

उत्तर कोरियाले जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरे लगत्तै उत्तर कोरियामा ८ ओटा बम प्रहार

News Update | 10:00 PM |



एजेन्सी । उत्तर कोरियाले जापानी आकाश हुँदै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले सीमाक्षेत्रमा ८ ओटा बम खसाएको छ । उत्तर कोरियाले मंगलबार बिहान ६ बजे मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको घण्टाभरमै दक्षिणले सो बम खसाएको हो।दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले चार ओटा एफ–१५के लडाकु विमानबाट ८ ओटा एमके ८४ बम खसाइएको जनाएको छ । सो बम दक्षिण कोरियाको उत्तरपूर्वी गंगवन प्रान्तमा सीमानजिकै खसाइएको हो।

एमके ८४ बमको तौल ९ सय किलोग्रामभन्दा बढी हुने बताइएको छ। खसाइएको सबै बम ठीक निसानामा परेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ। उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि कोरियाली प्रायद्वीपमा थप तनाव बढ्ने आशंका गरिएको छ।

ट्रम्प र आबेबीच टेलिफोन वार्ता
उत्तर कोरियाले जापानलाई लक्षित गरी मिसाइल परीक्षण गरे पश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच करिब ४० मिनेट लामो फोन वार्ता भएको छ। करिब ४० मिनेट लामो फोनवार्ता पश्चात् उत्तर कोरियाको विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउने निष्कर्षमा दुवैमा नेता पुगेका छन्।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger