Monday, August 28, 2017

म एमालेको कार्यकर्ता हैन ! म कुनै पनि पार्टीमा आवद्ध भएर हिडेको छैन, मेरो व्यक्तिगत छविमा आच पुराउने काम भयो : सागर आले ‘नेपाल आइडल प्रतिष्पर्धी’ (उनको स्टेटमेन्ट सहित)

News Update | 2:33 AM |



काठमाडौँ, १२ भदौ । नेपाल आइडलका टप ४ प्रतिष्पर्धी मध्यका अत्यन्तै राम्रा प्रतिष्पर्धी हुन् सागर आले । उनि अहिले राजनीतिक दलको कार्यक्रममा गएर गित गएको भनेर बिबादमा तानिएका छन । सबैले मन पराएका कलाकार एकाएक कुनै पार्टीको कार्यक्रममा देख्दा धेरैलाइ दुख लागेर त्यसो नगर्न आग्रह गरेका छन भने धेरै फ्यानहरुले गित गाउनु पाउनु उनको अधिकारको कुरा हो भनेका छन ।

यहि बिषयलाई लिएर सागर आलेले आफ्नो प्रतिक्रिया दिएका छन, जुन यस्तो रहेको छ :

‘नमस्कार सम्पुर्ण मित्रहरू,आज म के भन्न चाहन्छु भने जति पनि देस तथा बिदेसमा रहनु भएक मेरा आदरणीय सुभ चिन्तक आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरु तपाइहरुले मलाई धेरै भन्दा धेरै माया गरेर यो स्थान सम्म पुर्याउनु भएको छ।यो हजुरहरु कै देन हो ।यस्को लागी हृदय देखि नै धन्यबाद दिन चाहन्छु ।

अहिले मलाई जुन राजनीतिक पार्टी कुरा लाइ लिएर विवादमा ल्याउन खोजिएको छ सत्य तथ्य के हो बुझेर मात्र उल्लेख गर्दिनु होला। म एउटा कलाकार हो, म गित गाउछु मेरो अधिकार छ गित गाउने,तपाईंहरु जुनसुकै पार्टीकै भए पनि मलाई सागर दुइ तिन वटा गित गाउनु पर्यो आउनु हुन्छ भन्नु भयो भने म हुन्छ भन्छु नै तर मैले त्यो स्टेजमा गएर गित गाउदैमा म त्यो पार्टीकै हुन्छु भन्ने छैन । म कुनै पनि पार्टीमा आवद्ध भएर हिडेको पनि होइन ।

त्यसैले मलाई ब्यक्तिगत रूपमा मेरो इमेजलाइ आच हुने कुनै पनि पोस्टहरु नगर्दिनु होला। म तपाईंहरु कै साथिभाइ हो । तपाईंहरुकै कलाकार हो । यो देस को गहना हो।
आसा छ धेरै भन्दा धेरै माया दिनुहुनेछ धेरै भन्दा धेरै भोट गरि मलाइ फाइनलमा पुर्याउनु हुनेछ ।
धन्यबाद
#love you all’
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger