Saturday, August 5, 2017

रेणु दाहालको नाममा नसोचेको अग्रता बढ्दै.एक रहस्यपूर्ण खुलासा जान्नुहोस..

News Update | 6:54 AM |


भरतपुर महानगरपालिकाको मतगणना केही अघिदेखि रोकिएको छ ।
गणनास्थलमा बसेका एमालेका प्रतिनिधि खाजा खान भनेर बाहिरिएपछि मतगणना रोकिएको हो । उनीहरू फर्किएपछि पुनः गणना सुरु हुने बताइएको छ ।
पछिल्लो परिणामअनुसार २ हजार मत गणना हुँदा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल ७५ मतले अगाडि छिन् ।
लामो समयसम्म अग्रता लिएका एमाले उम्मेदवार देवी ज्ञवाली अहिले केही पछि परेका छन् । पुनः मतदान गरिएको वडा नम्बर १९ को मतगणनाबाट निरन्तर अग्रता घटाइरहेकी रेणुले २० नम्बर वडाको दुई हजार मत गणनाको क्रममा अग्रता लिएकी हुन् ।
वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो । १९ नम्बरको वडाको झण्डै १८ सय मत गणना भइसकेको बेला माओवादी प्रतिनिधिले जेठ १४ गते मतपत्र त्यातिएका थिए । निर्वाचन आयोगले त्यो वडाको सबै मत बदर गर्दै शुक्रबार १९ नम्बर वडामा पुनः मतदान गरायो ।
माओवादी कार्यकर्ताले मत पत्र त्यातेकाले कांग्रेस कार्यकर्ताले आफ्ना उम्मोदवारलाई मत दिने एमालेको अनुमान थियो । तर, नतिजा त्यस्तो भएन ।
कांग्रेस र माओवादी गठवन्धन वैशाख ३१ मा भड्किएका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन एक हदसम्म सफल भएको देखिएको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger