Wednesday, August 30, 2017

स्वर र रुपका धनी नेपाल आइडलका प्रतिष्पर्धी प्रताप दासलाई जिताउन सुरु भयो यस्तो अभियान

News Update | 9:43 AM |



धनगढी,१४ भदौ | नेपाल आइडलको टप-४ मा पुगेका वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी हुन् प्रताप दास | हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै कडा मेहेनेतका साथ नेपाल आइडलको टप – ४ मा पुगेका दासलाई नेपालको पहिलो नेपाल आइडल बनाउन यति बेला देश विदेश बाट भोट को बर्षा भईरहेको बेला कैलालीको हाइ–वे क्षेत्रमा भने अभियान सञ्चालन गरिएको छ ।

आफ्नो व्याग्तिगत लुकमा पनि उत्तिकै माहिर प्रताप जस्तो सुकै गीतलाई सहजै न्याय दिन सक्ने एक हुनहार प्रतिष्पर्धी हुन् | प्रतापले माजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर उत्कृष्ट ३ मा पुर्‍याउन आग्रह गरेका छ्न । यस लगत्तै धनगढी समेत प्रकाश मिश्रको सहकार्यमा प्रताप दास जिताउ अभियान चलाईएको छ |

प्रताप लाई भोट गर्न म्यासेज बक्समा १० टाइप गरेर ३५२२५ मा पठाउनु पर्छ भने नेपाल बाहिर रहेकाले नेपाल आइडलको एप्स डाउनलोड गरेर भोट गर्न सक्नेछ्न । नेपाल आइडलको उत्कृष्ट ४ मा प्रताप संगै निसान भट्टराई, सागर आले र बुद्ध लामा प्रतिस्पर्धामा छ्न ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger