Tuesday, August 29, 2017

सुजाता पाण्डेयलाई बुटवलमा भब्य स्वागत (फोटोफिचर)

News Update | 10:18 AM |



काठमाडौं – एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल ‘गाला राउन्ड’ को ‘ टप फाईभ’वाट आउट भएकी सुजता पाण्डेयलाई गृह नगर बुटवलमा भब्य स्वागत गरिएको छ । नेपाल आईडलवाट बाहिरिएपछि घर पुगेकी पाण्डेयलाई समर्थकहरुले स्वागत गरेका हुन् ।

गत शुक्रवार दर्शकको कम भोट पाएर तिलोत्तमा, बुटवलकी २१ वर्षीय पाण्डेलाई आउट भएकी थिईन् । नेपाल आइडलमा अब बुद्ध लामा, प्रताप दास, सागर आले र निशान भट्टराई रहेका छन्। अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउने सुजाता पाण्डेय पनि नेपाल आइडलको उत्कृष्ट पाँच सम्म आईपुगेकी थिईन् । बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन् ।


Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger