Tuesday, August 29, 2017

पृथ्वी ध्वस्त हुन्छ नै त?वास्तविकता प्रमाणसहित प्रस्तुत(भिडियो)

News Update | 9:46 PM |



आगामी सेप्टेम्बर २३ तारिखमा पृथ्वी ध्वस्त हुन लागेको हो ? आजकल सामाजिक सञ्जाल र केही टेलिभिज च्यानलमा यो समाचारले जवर्जस्त चर्चा पाइरहेको छ ।

वास्तवमा कान्सपाईरिस थ्योरिस्ट्सको दावी छ कि २३ सेप्टेम्बरमा एक गृह पृथ्वीसँग टकराउने छ । र योसँगै पृथ्वीमा जीवनको अन्त्य हुने ।

यद्यपि वैज्ञानिकहरुले यस्तो कुनै पनि संभावना नरहेको बताएका छन् ।

‘प्लानेट एक्स–द २०१७ अराइभल’का लेखक डेविड मीडेको दावी छ कि २३ सेप्टेम्बर २०१७ मा ‘प्लानेट एक्स’ नामबाट चिनिने एक गृह (जसलाई निबेरू भनेर पनि चिनिन्छ) पृथ्वीसँग ठोक्किने छ ।

वैज्ञानिकहरुले भने उक्त गृह अस्तित्वमा नै नरहेको बताउँदै आएका छन् । तर डेविड भने आफ्नो दावीप्रति विश्वस्त छन् ।

डेविडको भनाइ छ कि पवित्र धार्किक ग्रन्थ बाइबल पढेपछि उनी आफ्नो दावीलाई लिएर विश्वस्त भएका हुन् । डेविड अन्य कान्सपाईरिस थ्योरिस्ट्स ‘ओल्ड टेस्टामेन्ट’ किताब (बाइबलको पहिलो खण्ड) चैप्टर १३ को ९ र १० आयतको हवाला दिइरहेका छन् ।

जसमा लेखिएको छ, ‘कयामतको दिन आउँदै छ । एक निर्दयी दिन, जो क्रोध तथा भयङ्कर क्रोधका साथ यो भूमिलाई उजाडी दिनेछ ।
र यसमा रहेने पापीलाई नाश गरिदिने छ । स्वर्गका ताराले अपनी रोशनी देखाउने छैनन् । उदाउँदो सूर्य अन्धकारमय हुनेछ र चन्द्रमाले आफ्नो ज्योति पाउने छैन ।’

डेविडका अनुसार २१ को दिन अमेरिकामा देखिएको पूर्ण सूर्यग्रहण यो कुराको प्रमाण हो कि धरतीको अन्त हुने समय नजिक आइसकेको छ । विनाशको सुरुवात उक्त सूर्यग्रहणबाट सुरु भइसकेको उनको दावी छ ।

के हो निबेरू ग्रह
मान्यता छ कि निबेरू ग्रहका एलियन्सहरुले मानिसहरुलाई धरती (पृथ्वी)मा जन्माएका हुन् । इलियन्सहरु पहिलोपटक अफ्रीकामा सुन खानीको उत्खनन् गर्न आएका थिए । उनीहरुलाई त्यसका लागि एक फोर्सको आवश्यकता पर्यो । जसका लागि उनीहरुले मानिसलाई बनाएको मान्यता छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger