Sunday, August 6, 2017

ढाड दुखेर डाक्टरकोमा जादा सेक्स गर्न सल्लाह दिए-मेरी बास्सैकी भुनिया(भिडियो)

News Update | 10:21 PM |



मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै परिवेशमा बनेको एउटा लोकप्रिय नाम हो ‘भुनियाँ’ ।

मोडलिङ गरिरहेकी हरिशा बानियाँलाई एकाएक भुनियाँको भूमिकाका लागि प्रस्ताव आयो । बाहुन क्षयत्रीको समुदायमा हुर्किएकी हरिशालाई भोजपुरी समुदायबारे कमैमात्र जानकारी थियो ।

गहुँगोरी र राम्री भुनियाँलाई काली मधेसी बन्नुपर्ने भयो । उनले नाइनास्ती गरिनन् । हिरोइन बन्ने सपना औसत युवतीको हुन्छ ।

तर, हरिसा एकपटक भोजपुरी फिल्ममा हिरोइन भइसकेकी थिइन् । मिस पूर्वाञ्चलको समेत अनुभव बटुलेकी उनी फेरि हिरोइन बन्न चाहन्थिन् । त्यसैले उनले भुनियाँको रोल सहजै स्वीकारिन् ।तर उनको भूमिका त्यति लामो थिएन । छोटो समयमा नै भुनियाँको भूमिका अन्त्य भयो । छोटै समयमा उनले निकै लोकप्रियता कमाइन् । आफ्नो भूमिका थोरै समयमा अन्त्य हुँदाको दुखेसो त थियो नै तर यसबारेमा सम्बन्धित मानिसलाई प्रश्न गरिरहन उनले आवश्यक ठानिनन् ।

हिरोइन बन्न किन मन लाग्दैन ? यो प्रश्नले उनी आजित भइसकेकी छिन् । किनभने औसत पत्रकारले यो प्रश्न छुटाएका हुँदैनन् । उनी भन्छिन्, ‘फिल्ममा राम्री हिरोइन बन्नु क्षणिक मात्र हुन्छ । तर, कुनै पनि भूमिकालाई न्याय दिलाउन सके जिवन्त रहिन्छ ।’

झापाको मोरङमा जन्मिएकी उनलाई पनि झापाली भनेर धेरैले गिज्याउँछन् । तर, यसबारे आफूलाई केही आपत्ति नभएको उनी बताउँछिन् ।

विशेषगरी समाजमा झापाली भन्ने बित्तिकै धेरै बाठो र छट्टु हुन्छन् भनेर पनि भनिन्छ । यस्ता हल्लाले फरक नपार्ने बताउँदै उनले भनिन्, ‘एक दुईजना झापाली त्यस्ता भए भन्दैमा सबैलाई त्यस्तो भन्न मिल्दैन ।’

हाँस्य टेलिश्रंखला मेरी बास्सैमा उनलाई हेर्न चाहने अझै पनि धेरै दर्शक छन् । तर, अहिले उनी अर्को टेलिश्रृंखला ‘ट्वाक्क टुक्क रिटर्नस्’ मा आबद्ध रहेकी छिन् । ‘मेरी बास्सै’ पछि उनले १५ वटा भन्दा बढी टेलिसिरियलमा काम गरिन् ।

तर, कुनैबाट खासै नाम कमाउन सकिनन् जति भुनियाँको भूमिकाबाट कमाइन् । त्यसकारण उनी आफैँ भन्छिन्, ‘भुनियाँ एउटा ब्राण्ड भइसक्यो । यस भूमिकालाई जिवन्त बनाउन पनि अहिले ‘ट्वाक्क टुक्क रिटर्नस्’ मा पनि यही भूमिका निभाउँदै आएकी छु ।’

भुनियाँकै कारण आफूले जीवनमा कहिल्यै पछि फर्केर हेर्नु नपरेको बताउँदै उनी अहिले ‘भुनियाँ को दुनियाँ’ नाम गरेको टेलिश्रृंखला लिएर आउँदै छिन् । यतिबेला निकै व्यस्त रहेकी हरिशाले अहिले आफ्नै कार्यालय स्थापना गरेकी छिन् ‘आइरिस मिडिया ग्रुप’ ।
अन्य काम नहुँदा उनी आफ्नै कार्यालयकोे काममा व्यस्त छिन् । प्रेमबारे त्यति खुलेर नबोल्ने भुनियाँले चार वर्षदेखि सिंगल नै रहेको बताउँदै अहिल्यै विवाह गर्ने सोच नभएको बताइन् । यस विषयमा घरबाट पनि दबाब दिने डरले प्रायः आफूले घरमा फोन नै नगर्ने गरेको उनले सुनाइन् ।
फिल्म खेल्नेबारेमा के सोच्ने गर्नुभएको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘हिरोइन भएर चेतिसकेकी हुँ । अब त्यस्तै वाइल्ड, बोल्ड, हटि नट्टि रोल आयो भने मात्र गर्छु । कंगनाको ‘फेसन’ फिल्मको भूमिकाबाट निकै प्रेरित छु ।’
हरिशा लामो समयदेखि ढाड दुखाइबाट पीडित थिइन् । उनी उिपचारका लागि चिकित्सककोमा गइन् पनि । तर अचम्म, ढाड दुखाइको उपचार चिकित्सकले सेक्ससँग जोडे । नियमित सेक्स गर्न चिकित्सकले सुझाव दिए ।
तर उनी परिन् अविवाहित । उनले चिकित्सकको सुझावलाई सहजै ग्रहण पनि गरिन् । अहिले उनको ढाड दुखाइ कम भइसकेको छ । उनी भन्छिन्, ‘ढाड दुखाइसम्बन्धी मेरो समस्या ठीक भयो ।’
श्रोत: नेपाल आज 
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger