Monday, August 28, 2017

आफ्नै फुपाजुले उत्तर कोरियाली शासक किमको हत्याको षड्यन्त्र रचेपछि...

News Update | 1:26 AM |



एजेन्सी। उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्र उनका आफ्नै फुपाजुले बनाएको खुलासा भएको छ । आफ्नो हत्याको षड्यन्त्र भएका कारण किमले आफ्ना काकालाई मारिदिएको एक समाचार संस्थाले खुलासा गरेको छ ।

किमले आफ्ना काका जेंग सोंग थाएकलाई २०१३ मा भोका कुकुरको अगाडि फलेर मारिदिएका थिए । थाएकले अहिलेका शासक किमको ठाउँमा उनका सौतेनी भाइ किम जोंग नामलाई शासक बनाउने षड्यन्त्र गरेका थिए । थाएकले यसबारेमा तत्कालीन चीनका राष्ट्रपति हु जिन्ताओसँग छलफलसमेत गरेको समाचार संस्था ‘निकेइ एशियन रिभ्यु’ले खुलासा गरेको ।

२०११ मा उत्तर कोरियाका शासक किम जोंग इलको निधन भएपछि उनका छोरा किज जोंग उनले सत्ता सम्हालेका थिए । तर यतिबेला उनसँग सैनिक शक्ति थिएन । यसको फाइदा उनका फुपाजु थाएकलेले उठाउन चाहेका थिए । थाएक त्यतिबेला सैनिक प्रमुख थिए । तर यसको लागि थाएकलाई चीनको सहयोग आवश्यक थियो ।

यही सिलसिलामा थाएकले हु जिन्ताओसँग बेइजिङमा भेट गरेका थिए । थाएकको योजना सफल पनि हुन सक्थ्यो तर चीनका एक नेताले यो गुप्त जानकारी लिक गरिदिए । समाचार संस्था द टेलिग्राफका अनुसार चीनको पोलिटब्यूरो स्ट्याण्डिङ कमिटीका पूर्व सदस्य झाउ योंगकांगको त्यतिबेला किमसँग राम्रो सम्बन्ध थियो । यही कारण झाउले सूचना लिक गरिदिएका थिए ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger