Saturday, August 26, 2017

वनमा बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ

News Update | 9:51 AM |



चितवन, १० भदौ । भरतपुर महानगरपालिका–११ नवजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेको समयमा बनमा घाँस दाउरा काट्न गएका कालिका नगरपालिका–५ का ४५ वर्षीयसूर्यबहानदुर प्रर्जालाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट प्रजाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रजालाई बाघले आक्रमण गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger