Sunday, August 27, 2017

यिनै हुन् आफ्नै श्रीमती लाई १ लाख ३५ हजार भारुमा बेश्यालयमा बिक्रि गर्ने युवक(भिडियो सहित)

News Update | 9:46 PM |



चरीकोट,१२ भदौ | बिहे गरेर काठमाण्डौमा राम्रोसँग राख्ने प्रलोभन देखाई दुई बर्षअघि भारतमा लगेर बेच्ने मुख्य गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट खरानीटार ५ घर भएका २१ बर्षीय निरकुमार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेका नेपालीलाई शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।यो खबर अन्नपुर्ण पोष्टमा छापिएको छ |

पक्राउ परेका नेपालीले ०७२ साउन ३ गते दोलखाको बैतेश्वर गाउँपालिका ६ नाम्दु निवासी बर्ष १७ की रिमा (नाम) परिबर्तनलाई विहे गरेर राजधानी लगेका थिए । राजधानीमा लगेको भोलिपल्टै रिमालाई कलंकीबाट माईक्रो बसमा चढाएर नेपालगंज पु¥याएको र बेहोस हुने औषधी खुवाएर त्यहाँबाट भारतीय गाडिमा राखेर नयाँदिल्ली पु¥याएर विक्री गरेको प्रहरी सामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।नयाँदिल्लीमा रहेकी नेपाली भाषी लक्ष्मी तामाङलाई एक लाख ३५ हजार भारतीय रुपैयामा विक्रि गरेको समेत बयानको क्रममा स्वीकार गरेको प्रहरीको भनाइ छ ।


कोठीमा बेचिएकी रिमाले कोठीमै आउने एक भारतीय युवालाई आफ्नो प्रेममा पार्न सफल भएकी थिईन । त्यहि भारतीय युवाको सहारामा रिमा कोठीबाट बाहिर निस्किएर प्रहरी सामु गएकी थिईन । प्रहरीकोमा पुगेकी नेपालीको उमेर १८ बर्ष नपुगेको कारण केहि समय उनलाई नेपाली राजदुतावासमा राखिएको थियो ।
पुरा भिडियो हेर्नुहोस्-
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger