Sunday, August 27, 2017

भारत भ्रमण पुरा गरी प्रधानमन्त्री देउवा स्वेदश फिर्ता

News Update | 9:42 AM |



काठमाण्डौँ। प्रधानमन्त्री शेरवहादुर देउवा पाँच दिने भारत भ्रमण पुरा गरी स्वदेश फकिएका छन् । ४८ सदस्यीय जम्बो टोलीसहित गत बुधबार भारत प्रस्थान गरेका प्रधानमन्त्री आइतबार साँझ नेपाल फर्किएका हुन् ।


भारत भ्रमणमा रहँदा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, विदेशमन्त्री सुष्मा स्वराज, विहारका मूख्यमन्त्री लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतविच आठ बुँधे सम्झौता पनि भएको थियो । आइतबर साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएपछि प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण सफल भएको दावी गरेका छन् ।


भारतभ्रमणका क्रममा प्रधानमन्त्री देउवाले फेरि सविंधान संसोधन हुन सक्ने भन्दै दिएको अभिव्यक्तिलाइ लिएर उनको आलोचन भइरहेको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger