Sunday, August 6, 2017

लास गाढेको भोली पल्ट चिहान खनेर ४ आनाको मंगलसुत्र चोरी.दर्दनाक भिडियो सार्बजनिक

News Update | 9:36 PM |



इलाम- जिल्लाको माइजोगमाई गाउँपालिका–४, नामसालिङमा माटोमा गाडिसकेको शव खनेर सुनका गहना चोरिएको छ। अघिल्लो दिन शव गाढिएको ठाउँ (चिहान) खनेर शुक्रबार राति चारआनाको सुनको मंगलसूत्र चोरिएको हो।

स्थानीय ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण गत बुधबार अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। आफन्तको काजक्रियामा बसेकी सुनिताको ज्वरो आउने समस्या भएपछि इलाम अस्पताल ल्याइएपनि यहाँ उपचार सम्भव नभएपछि झापातर्फ लैजाँदै गर्दा मृत्यु भएको हो।


उनको शव बिहीबार लिम्बू परम्परा अनुसार घरनजिकै माटोमा पुरिएको र उनको चिहान खनेर शुक्रबार राति सुनको गहना चोरी भएको स्थानीय पूर्वजनप्रतिनिधि भुवन लिम्बूले जानकारी दिए । ‘चिहानमा धेरै गर–गहना पुरिएको आसमा कसैले राति चिहान खनेर चारआनाको मंगलसूत्र चाहिँ निकालेर लगेछ,’ उनले भने, ‘कानमा लगाउने २–३ लालको सुनको रिङ चाहिँ त्यहीं छाडेर शव छोपछाप पारेको देखिन्छ ।’

नयाँबजारस्थित प्रहरीले घटनाको मुचुल्का उठाएको उनले बताए । चिहान खनेर सुन चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको र यो अत्यन्त घृणित कार्य भएको उनले बताए । ‘लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि उसको शवसँगै उसका केही गर–गहना शवसँगै चिहानमा पुरिदिने चलन छ,’ लिम्बूले भने, ‘तर, गाढिएको गहनाकै लोभमा चिहान खनेर गहना चोरी भएको उदेकलाग्दो घटना चाहिँ अहिलेसम्म सुनिएको थिएन।’ नागरिक न्युजमा खबर छ
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger