Thursday, August 31, 2017

के वीर्य बाहिर खस्दा पनि गर्भ रहन्छ र ?

News Update | 1:25 AM |



२२ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । मेरो श्रीमान्को उमेर २८ वर्ष छ । विवाहदेखि नै हामीबीच असुरक्षित यौनसम्पर्क हुँदै आए पनि श्रीमान्ले वीर्य बाहिर फ्याँक्नुहुन्थ्यो । गत वैशाखदेखि हामीले बच्चा पाउने रहरले वीर्यलाई भित्रै स्खलित गर्न थाल्यौं । म मंसिर १ गते महिनावारी भएको ६ दिनपछि हामीले लगातार यौनसम्पर्क गर्यौं । उक्त महिना १४ गते मात्र यौनसम्पर्क भएन अनि हामीले २६ गतेपछि यौनसम्पर्क राख्न छोड्यौं, किनभने महिनावारी हुने दिन आउनुअघि यौनसम्पर्क राख्दा चाँडै महिनावारी हुन्थ्यो ।

श्रीमान्सँग वैशाखदेखि नियमित सम्पर्क हुँदा गर्भमा बच्चा बसेन, एकै पटक मंसिरपछि गर्भ रह्यो । मेरो समस्या के हो भने श्रीमान्सँग वैशाखदेखि नियमित यौनसम्पर्क गर्दा गर्भ बसेन, तर मलाई के शंका लागेको छ भने एक दिन मेरो श्रीमान्को साथीले हामी नभएका बेला हाम्रो तन्नामा वीर्य झारेर गए भन्ने मलाई शंका छ । किनभने सोही दिन मैले श्रीमान् घरमा नभएको मौका छोपेर हस्तमैथुन गरे । मेरो श्रीमान्का अनुसार उसको मोबाइलमा अश्लील चलचित्रहरू छन् । कतै श्रीमान्को साथीले हाम्रो तन्नामा झारेको वीर्यमाथि मैले मैथुन गरेकै कारण म गर्भवती भएको त होइन रु तन्नामा झरेको शुक्रकीटबाट कति समय सम्ममा गर्भवती हुन सकिन्छ कि सकिँदैन?

महिलाको गर्भवती हुने सम्भावना

कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । मुख्य रूपमा पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण रहन मुख्य रुपमा १। डिम्ब निष्कासन, २। यौनसम्पर्क, ३। वीर्य स्खलन, ४। डिम्ब निषेचन तथा ५। डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन ९ँभ्च्त्क्ष्ीक्ष्श्ब्त्क्ष्इल्० भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज ९श्थ्न्इत्भ्० भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।

शुक्रकीटसँग मिलन हुन महिलाको पनि डिम्ब निस्किएको हुन जरुरी छ । सामान्यतस् महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । सामान्यतस् डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अंगभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले सबैभन्दा बढी सम्भावना भएको समय मानिन्छ ।

सामान्यतस् महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो वा चाँडो हुन्छ भने यो सम्भावनामा पनि फरक पर्छ । तपाईंले महिनावारी कति–कति समयमा हुन्छ भनेर नखुलाउनु भएकाले यसै भन्न सकिने कुरा भएन ।

शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ ?

तपाईंलाई थाहै होला, पुरुषबाट निस्कने वीर्यमै शुक्रकीट हुन्छन् । शुक्रकीटलाई कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले वीर्यमा उचित पोषण वा वातावरण मिल्ने किसिमले पानी तथा अन्य रसायन हुन्छ । हाम्रो शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ भन्ने कुरा आर्द्रता, तापक्रम, अम्लीयता अनि अन्य कतिपय वातावरणीय तत्त्वहरूमा भर पर्छ । सामान्य रूपमा शुक्रकीट बाह्य वातावरणमा आउनासाथ सुक्ने क्रम सुरु हुन्छ र सुख्खा वीर्यमा शुक्रकीट मर्छ । कपडामा वीर्य पर्दा त्यसको पानी अझ चाँडो सोसिन्छ र वीर्य सुक्ने क्रम थप तीव्र हुन्छ । कपडामा भएका अन्य तत्त्वको प्रभाव पनि शुक्रकीटमा नकारात्मक नै पर्छ ।

सामान्य अवस्थामा यस्तै २० मिनेटमा निष्क्रिय भैसके पनि निकै ओसिलो वा लपक्कै वीर्यले भिजेको स्थितिमा भने यस्तै ६० मिनेट सम्म बाँच्ने कुरा देखिएको छ । कतिपय स्थितिमा शुक्रकीट जीवित रहे पनि त्यसले डिम्ब निषेचन गर्न सक्ने क्षमता भने गुमाइसकेको हुन्छ । यहाँ प्रयोगशालामा चिस्याएर शुक्रकीटलाई जोगाएर राख्ने आधुनिक प्रविधिअन्तर्गत शुक्रकीट बाँच्ने कुरा गर्न सान्दर्भिक भएन ।

गर्भ रहेको होला त ?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्ने कुरा बुझि नै सक्नुभयो । बाह्य वातावरणमा योनिमा शुक्रकीट बढी बाँचे पनि डिम्ब निष्कासनको नजिकका दिनमा बाहेक योनिको वातावरण अनि पाठेघरको मुखको रस पनि सर्वोत्कृष्ट रहँदैन ।

उहाँ यौन चलचित्र हेर्नु वा नहेर्नुको तपाईं गर्भवती हुने वा नहुने कुराको कुनै सम्बन्ध छैन । तपार्इंको श्रीमान्को साथीले तपाईको बिछयौनामा हस्तमैथुन गरेको कुरा पनि शंका मात्र हो । उक्त कुराले त्यहाँ पक्कै आलो वीर्य थिएन भन्ने बुझिन्छ । फेरि तपार्इंले हस्तमैथुन गर्दा पनि उक्त वीर्य योनिमा राख्नुभएको पक्कै होइन होला । दुवै जनाले लुगा लगाएर यौनांग घर्षण गर्दा पुरुषको वीर्य स्खलन भएर महिलाको योनिमा वीर्य नपर्दासम्म गर्भ रहने सम्भावना हुँदैन । तपार्इं आफैंले उक्त तन्नामा बसेर वा सुतेर हस्तमैथुन गर्दा त्यो वीर्य तपार्इंको योनिभित्र पर्ने सम्भावना पनि देखिँदैन । माथि भनिएझैं डिम्ब निष्कासनको समय पनि मिल्नुपर्‍यो र शुक्रकीटमा योनिबाट यात्रा गर्दै पाठेघरको मुख, पाठेघर अनि डिम्ब वाहिनी नलीसम्म पुग्ने क्षमता राख्नुपर्‍यो । तपार्इंको सन्दर्भमा तन्नामा कसैले वीर्य झारेको शंकादेखि तपाईंको गर्भसम्मको तालमेल मिलेको देखिँदैन । फेरि तपाईं महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुरा पनि तपाईंलाई थाहै होला ।

श्रीमान्सँगको नियमित यौनसम्पर्कबाट नभै यसरी गर्भ रह्यो होला भनी अनावश्यक चिन्ता लिनु उचित होइन । यहाँ चर्चा गरिएको भन्दा फरक कुरा भए कुरा अर्कै हो ।

कान्तिपुर साप्ताहिकबाट
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger