Monday, August 7, 2017

श्रीमतीलाई चरित्रहीन भन्दै छुरा प्रहार (भाइरल भिडियो)

News Update | 2:37 AM |



एक व्यक्तिले आफ्नी श्रीमतीलाई चरित्रहीन भन्दै सबैको अगाडि छुरा प्रहार गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । ती व्यक्तिले अरुले रोक्दा रोक्दै पनि आफ्नी श्रीमतीलाई लछारपछार गर्दै छुराले प्रहार गरेको भिडियोमा देख्न सकिन्छ । भारतको पुणेमा यो घटना शनिबार भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

ती व्यक्तिले लामो समयदेखि आफ्नी पत्नीमाथि शंका गर्ने गरेको बताइएको छ । ती व्यक्ति ३० वर्षका फिरोज अली शेख भएको र उनको फरहानासँग ८ वर्ष पहिले बिहे भएको बताइएको छ । फिरोजले शनिबार पत्नी फरहानालाई भेट्नको लागि खुला चउरमा बोलाएका थिए । जहाँ उनले पत्नीमाथि आक्रमण गरेका हुन् । उनले आक्रमण गरेसँगै स्थानीयले उनलाई समातेका छन् । घटनास्थलमा पुगेको प्रहरीले फिरोजलाई पक्राउ गरेको छ , पत्नी फरहानालाई अस्पताल पठाइएको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger