Monday, August 28, 2017

के स्तन सानो हुदैमा यौनसुख हराउदै जान्छ?भ्रममा पर्न सक्नुहुन्छ.

News Update | 10:20 AM |



स्तन महिलाको सहायक प्रजनन् अङ्ग हो । महिलाको छातीमा रहने यी विशेष ग्रन्थिहरू शिशुको पोषणका लागि जस्तै गरी यौनका दृष्टिकोणले पनि त्यति नै महत्वपूर्ण छ । स्तनमा दूध बनाउने ग्रन्थि, दूध ग्रन्थिबाट मुन्टासम्म दूध ओसार्ने नलीहरू, मुन्टा, मुन्टा वरिपरिका भाग, रेसीय तन्तु एवं बोसो हुन्छ । ट्यानरका अनुसार आकृति तथा आयतनको दृष्टिले स्तनको विकास ५ चरणमा हुन्छ । इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको प्रभावमा धेरैजसो किशोरीमा स्तनको वृद्धि ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ ।

चिकित्सा विज्ञानको दृष्टिले स्तन ग्रन्थि, बोसो तथा रेशादार तन्तुद्वारा बनेको पिण्ड हो । यो छातीको मांसपेशीको भित्तामा टाँसिएको हुन्छ । स्तनभरि नै मुख्यत: बोसोयुक्त तन्तु हुन्छ । यसैले स्तन कमलो, मुलायम एवं निश्चित आकारको हुन्छ । किशोरवस्थामा स्तनका तन्तु इस्ट्रोजेनप्रति बढी संवेदनशील सामान्य मात्रामै भए पनि प्रभाव अलि बढी हुन्छ । किशोरवस्थामा यस्तो तन्तु खाँदिने कारण हल्का कडा हुन्छ । स्तनमा तन्तुको मात्रा वंशाणुगत तथा पारिवारिक इतिहास, उमेर हिसाबले फरक–फरक हुन्छ ।

यसले नारीको व्यक्तित्व झल्किन्छ । त्यसैले स्तनको उचित विकास नभए नैराश्यता एवं हीनताबोध हुनसक्छ । तौल बढ्ने, घट्ने, स्तनको छालाको मोटाइ वा तन्कने क्षमतायुक्त स्तनमा हार्मोनको प्रभाव र पोषणले आकार र नाप तलमाथि हुन्छ । मालिस, कसरत, मल्हम, पम्प तथा खाने चक्की वा शल्यचिकित्साबाट स्तनको आकार वृद्धि गर्न सकिन्छ ।

स्तन तथा यसको मुन्टो वरिपरिको भाग निकै संवेदनशील हुने भएकाले स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि त्यस्तै अनुभव हुन्छ । स्तनको आकार सानो ठूलो हुँदैमा यौन सुख पाउने कुरा तल–माथि हुने होइन । ठूलो स्तनले बढी यौन सुख दिने होइन ।

महिलाका शारीरिक अङ्गहरूमध्ये पुरुषले सबैभन्दा पहिला नजर पुर्‍याउने महिलाको अङ्गमा वक्षस्थल नै होला । पछाडिबाट भने सायद नितम्ब होला । एक अध्ययनअनुसार ९५ प्रतिशत पुरुषले आपसी भेटका क्रममा महिलाको वक्षस्थलमै नजर पुर्‍याउँछ । प्राय:जसो पुरुष मानिसले महिलासँग कुराकानी गर्ने क्रममा पटक पटक महिलाको वक्षस्थलमा आँखा पुर्‍याउँछ । यस क्रममा महिलाले पुरुषको यो हरकत थाहा पाएको खण्डमा निकै असहजता महसुस गर्छन् । महिलाको वक्षस्थलप्रति किन पुरुष किन यति आकर्षित हुन्छन्, सायदै कुनै पनि पुरुषले प्रष्ट उत्तर दिन सक्लान् । महिलाहरू अलि टाढा छन् एवं पुरुषलाई सीधै हेरिरहेको छैन भन्ने आभास मिल्नासाथ महिलाका वक्षस्थलमा पटक–पटक नजर पुर्‍याउँछ ।


ज्यादै भद्दा, निकै साना भन्दा मध्यम खालको वक्षस्थल अनि मुन्टा नै प्रस्टिने, दुई स्तनबीचको खोबिल्टो (गु्रभ) देखिने पहिरन लगाएका महिलाका वक्षस्थलमा तुलनात्मक रूपमा बढ्ता आँखा पुर्‍याउँछ । फलस्वरुप पुरुषहरूले आपसी वार्तालापमा ध्यान केन्द्रित गर्न सकिरहेका हुँदैनन् । वक्षस्थलमा एकाध पटक आँखा पुर्‍याउँदैमा यसलाई निकृष्ट बानीका रूपमा लिनुभन्दा कसै–कसैको बानी नै यस्तो हो भनी सामान्य तवरमा लिनु राम्रो हुन्छ, तर यौन दुव्र्यवहार गर्ने ध्येयले, काम वासना राखेर तथा यौनिक हिसाबले त्यस्तो कार्य गरिएको भए सचेत गर्नुपर्छ । यो दुष्कर्म विरुद्ध समयमै आवाज उठाउनुपर्छ ।


यौन स्पर्श, चुम्बनजस्तै स्तन दृश्यपान तथा स्पर्श पनि यौनसम्पर्क कायम गर्नुअघिको पाक्क्रीडाको प्रस्थान बिन्दु हुनसक्छ र महिलाको स्तन पुरुषका लागि यौन आकर्षण गर्ने अङ्ग र महिलाका लागि निकै संवेदनशील यौन अङ्ग पनि हो । त्यसैले भीडभाडमा तथा सार्वजनिक यातायातमा महिलाहरू आफ्नो स्तन जोगाउनमै प्रयत्नरत हुन्छ । निकै ठूला र साना स्तन भएका महिलाले हीनताबोध महसुस गर्ने हुनाले स्तन महिलाहरूका लागि आफ्नो व्यक्तित्वको पहिचान पनि हो । त्यसो भएर होला करिब ६९ महिलाले आफ्नो स्तन निश्चित आकार प्रकारमा राख्न प्रयास गर्छन् । – साप्ताहिकबाट ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger