Sunday, August 27, 2017

नेपाली समाज कता जादै छ ? ८ बर्सिय नाबालक कसरी बोक्सी हुन सक्छ , गाउ नै उठेर मलमुत्र खुवाए…

News Update | 10:16 AM |



नुवाकोट: नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासस्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दै मानव मलमूत्र खुवाइएको घटना पीडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको छ। ५८ वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सो भएको आरोप लगाउँदै छिमेकी धनबहादुर श्रेष्ठले सार्वजनिकस्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी पीडितको उद्धार र पीडकलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ।

घटना भदौ २ गते भए पनि पीडक धनबहादुरको दबाबमा पीडित गंगालाल न्यायका लागि पहल नगरी घरमा नै बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर पीडितलाई उद्धार गरेको हो। घटनाको प्रत्यक्षदर्शी, स्थानीय बासिन्दालगायतसँगको सोधपुछपछि गंगालालमाथि अमानवीय व्यवहार भएको पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

“घटनाका पीडितले न्यायको अपिल गरेका छन् ”, विष्टले भने, “प्रहरीको टोली देखेपछि पीडक धनबहादुरसमेत गाउँ छाडेकाले नियन्त्रणको प्रयास भइरहेको छ ।”कुटपिटबाट टाउको र शरीरका विभिन्न अंगमा चोट लागे पनि पीडितले घरमा उपचार गराउँदै आएकाले उपचारसमेत आवश्यकता रहेको प्रहरीले जनाएको छ।स्थानीयबासिन्दा एवम् घटनाका प्रत्यक्षदर्शीका अनुसार धनबहादुरकी छोरी बिरामी भएकाले गंगालाललाई झारफुक गरी बिसेक बनाउन आग्रह गरिएको र नमानेपछि कुटपिट र मानब मलमूत्रसमेत खुवाइएको हो गंगालालले झाँक्री काम गर्ने गरेका थिए।

घटनाका प्रत्यक्षदर्शी श्यामबहादुर श्रेष्ठका अनुसार पीडकले अमानवीय व्यवहार गर्दै पीडितलाई घटना बाहिर नल्याउन दबाब दिएका थिए । स्थानीय बासिन्दाले सञ्चारकर्मीको सहयोगमा प्रहरीलाई घटनाको जानकारी गराएका थिए।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger