Wednesday, August 30, 2017

नेपाल आइडलका विषयमा रामकृष्ण ढकालको विपक्षमा उभिए क्याप्टेन विजय लामा, दिए ७ टिप्स

News Update | 2:55 AM |



काठमाडौं, १४ भदौ । एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।

गत शुक्रबारअतिथी निर्णायकका रुपमा आइडलमा पुगेका रामकृष्ण ढकालले व्यक्त गरेको धारणाले तरंग ल्याएको छ । उनले नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराई र प्रताप दासको पक्षमा बोलेर बुद्ध लामा र सागर आलेलाई पक्षपात गरेका भन्दै उनको विरोध समेत भइरहेको छ । यही विषयमा धेरैले आ–आफ्नो धारणा समेत सार्वजनिक गरिरहेका छन् ।

यही क्रममा क्याप्टेन विजय लामाले समेत आफ्नो धारणा सार्वजनिक गरेका छन् । लामा आफै पनि राम्रा गायक तथा नायक हुन् । उनले मंगलबार राती फेसबुक स्टाटस माफर्त नेपाल आइडलका विषयमा धारणा सार्वजनिक गरेका हुन् । उनले रामकृष्ण ढकालले आइडलमा दिएको प्रतिक्रियाले एक किसिमको तरंग ल्याएको बताएका छन् । ‘केही दिन अघि रामकृष्ण ढकालले नेपाल आइडलमा दिनुभएको प्रतित्रियाले एक किसिमको तरंग ल्याएको छ,’ उनले भनेका छन्, ‘सामाजिक संजालमा सबैले आ–आफ्नो बिचार व्यक्त गरेका छन् । धेरैले आक्रोश पाखेका छन् ।’उनले यो विषयमा टिप्पणी गर्नुभन्दा निर्णायक मण्डलले निभाउनु पर्ने मर्यादाको बारेमा चर्चा गर्न चाहान्छु भन्दै ढकालको प्रतिक्रियाको विपक्षमा रहेको संकेत गरेका छन् । उनले आइडल या अन्य कार्यक्रमका निर्णायकहरुले निभाउने मर्यादा भन्दै ७ टिप्स समेत दिएका छन् ।

यस्ता छन् उनका टिप्सः

१. प्रतिस्पर्धीहरुलाई तिमी भन्नु राम्रो होइन ।
२. जज गर्दा होस् या प्रतिक्रिया दिँदा निष्पक्ष हुन जरुरी हुन्छ ।
३. कुनैलाई मात्र राम्रो भनेर अरुलाई चाहिँ नकार्न मिल्दैन ।
४. सबैलाई हौसला दिनुपर्छ नकि आफ्नो प्यारोलाई मात्र ।
५. सल्लाह सुझावलाई दिँदा सकारात्मक ढंगले पस्तुत गर्नुपर्छ । ताकी प्रतिस्पर्धीरु उठ्न सकुन र राम्रो प्रस्तुति दिन सकुन् ।
७. पब्लिक मिडियामा वाक स्वतन्त्रता छ भन्दै जे पनि बोल्न मिल्दैन ।

ढकालले यी कुरामा ध्यान दिएको भए विवाद नपर्ने बताएका छन् । ‘यी सबै कुरामा ध्यान दिने हो या दिएको भए यत्रो विवादमा पदैन थियो होला राम भाई’ उनले भनेका छन्, ‘हाम्रो भन्दा राम्रोले जित्नुपर्छ । कुनै जात या ठाँउको आधारमा होइन । सहि व्यक्तिले जिन्तु पर्छ । जय चन्द्रसूर्य !’
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger