Monday, August 28, 2017

युएइमा एक नेपाली दम्पत्तिको रहस्यमय मृत्यु

News Update | 1:01 AM |



युएईको दुवईमा चितवनका पर्शुराम सापकोटा दम्पत्तिको रहस्यम मृत्यु भएको छ ।

चितवनको रत्ननगर बछौलीका पर्शुराम र उहाँकी श्रीमती कल्पना सापकोटा शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार साँझ डेरादुवईमा रहेको आफ्नै कोठामा सुतेका उहाँहरु अर्को दिन साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कल्पनाको घाँटी रेटिएको र पर्शुराम झुण्डिएको अवस्थामा भेटिएका थिए ।

कल्पना ३ वर्ष पहिले युएई आउनु भएको हो । कल्पनाले नै भिसाको व्यवस्था मिलाए पछि पर्शुराम केही समय अघिमात्रै युएई आउनु भएको थियो । कल्पनाका भाइ नवराज दवाडी पनि युएईमै कार्यरत छन् ।

कल्पना अलशाया कम्पनीको दुवई मलमा रहेको चिजकेक फ्याक्ट्री नामक रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो । कल्पनाले यो काम सुरु गरेको पनि धेरै भएको थिएन । पर्शुराम होटलमा कुक सहयोगीको काम गर्नुहुन्थ्यो । पर्शुरामका बुवा मोती सापकोटाले छोराबुहारीको हत्या भएको आशंका गर्नुभएको छ ।

फोनमा कुरा गर्दा पर्शुरामले आफ्नो हत्याको प्रयास भइरहेको बताउने गरेको उहाँको भनाई छ । आर्थिक लेनदेन र छोराबुहारी बिचको खटपटका कारण कसैले हत्या गरेको हुनसक्ने मोतीले आशंका गर्नुभयो ।

मृतकको शव डेरादुवई प्रशासनले लगेको छ । उनीहरुको मृत्युका कारणबारे थप अनुसन्धान भइरहेको छ । यसबारेमा नेपाली दूतावास आबुधाबीमा जानकारी नआएको प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो । श्रीमानश्रीमती बिच सम्बन्ध राम्रो नभएको आफन्तले बताएका छन् ।

सम्बन्ध सुधार गर्नका लागि उनीहरु सँगै बस्दै आएका थिए । उनीहरुका दुई छोरा छन् । कमाउन विदेश गएका छोराबुहारीको मृत्युको खबरले आमा मिसकुमारी अचेत हुनुहुन्छ । उज्यालो अनलाईन मा समाचार छ !
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger