Tuesday, August 29, 2017

सेतो नागको एक दर्शनले सारा दुख कष्ट नस्ट गराउने बिश्वास.सक्दो सेयर गरौ(भिडियो)

News Update | 10:35 AM |



काठमाडौं–राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।’


बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए । अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन् । ‘पहिले ब्यक्तिगत रुपमा नागको संरक्षण गर्न जुटेका थियौं’ पञ्च बहादुर लामाले भने, ‘पछि सवै मिलेर कटुवाल दह क्षेत्र सुधार समितिको नाममा संरक्षण समिति गठन गर्यौं ।’
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger