Saturday, August 5, 2017

आज फेरी सडकको खाल्डोले लियो एकैठाँउमा चार बालिकाको ज्यान

News Update | 6:07 AM |



रौतहट, साउन २१ । अव्यवस्थित सडकको खाल्डोमा डुवेर एकैठाँउमा चार जना बालिकाको ज्यान गएको छ । भर्खरै सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको हो । रौतहटको गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधीन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यु हुनेमा १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता, ९ वर्षीया सुनैना, ९ वर्षीया सुस्मिता छन् ।



उनीहरु एकै परिवारका दाजुभाइका छोरी हुन् । सुनैना जोडेजा शाहकी छोरी हुन् भने संगिता र सुनिता रामएकवाल र सुस्मिता प्रेमनारायणकी छोरी हुन् । घाँस काट्न हिडेका उनीहरू अत्याधिक गर्मीका कारण नुहाउन उक्त सडकखण्डकोे खाल्डामा पुगेका थिए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिए ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger