Thursday, April 6, 2017

छोरी मान्छेले दिनहुँ हस्तमैथुन गर्दा के–कस्तो असर पर्छ ?

News Update | 9:42 AM |


समाजका धेरैजसो मानिसले महिलाहरू हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर वास्तविकता त्यस्तो होइन । महिलाहरूले पनि हस्तमैथुन गर्छन् । एक अध्ययनअनुसार ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएका छन् ।


महिलाले कसरी हस्तमैथुन गर्छन् ?


योनिलाई नै महिलाको प्रमुख यौनअङ्ग मानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई यौन अङ्गका रूपमा नलिइए पनि हामीले प्राप्त गर्ने धेरैजसो यौनसुख यिनै अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, घाँटी, काखी आदि पनि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्ला, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याई आदि ।


पुरुषको तुलनामा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुनमा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरुप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आशनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।

भगांकुर चलाउनु : भगांकुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र हो । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका छन् ।


केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्न सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा त्यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यसरी पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।


यौन प्रसाधनको प्रयोग : भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै । त्यसबाहेक शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द प्राप्त गर्ने कुरामा सहायक हुन्छन् । अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा भ्राइबेटर भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएकाले पनि कैयौं महिलाले यस्ता साधन मन पराएका छन् ।

केही असर गर्छ कि ?

तपाईंले के कुरालाई संकेत गर्नुभएको हो स्पष्ट भएन । हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन संवेदनशी अङ्ग जस्तो यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन् । मानिसले आफ्नो यौनअङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराए मात्र यौन आनन्द प्राप्त हुने होइन । सिद्धान्तत: यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो । त्यसैले यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन ।

यौनसम्पर्क दिनहुँ गर्दा हानि हुँदैन भने हस्तमैथुन गर्दा मात्र हानि हुने कुरै भएन, तर यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । त्यसैले समाजमा अनेकन् मिथ्या धारणा व्याप्त छन् । महिलाको हकमा हस्तमैथुनले योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए पनि त्यसमा सत्यता छैन, त्यसैगरी हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरालाई पनि सत्य मान्ने आधार छैन, किनभने यो कसैसँग गरिएको यौनसम्पर्क होइन ।


फाइदा नि ?


सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति प्रदान गर्छ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ । यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौनअपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, त्यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि जोगाउँछ । अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि जोगिने नै भयो ।


यसले व्यक्तिमा स्वस्थ भएको अनुभूति दिन्छ भने आत्मसम्मान वृद्धि, शरीरको प्रतिविम्ब राम्रो बनाउनेदेखि निद्रालाई समेत सहयोग गर्छ । यसले मानसिक अनि शारीरिक तनाव कम गर्न पनि सहयोग गर्छ । यो कटि प्रदेश र योनिक्षेत्रको मांसपेशीलाई बलियो बनाउन पनि सहयोगी हुन्छ । यी मांसपेशी बलियो हुँदा वयस्क उमेरमा थाहै नपाई पिसाब फुस्कने समस्या कम हुन्छ । नियमित यौनसम्पर्क गरिरहेका व्यक्तिले पनि हस्तमैथुन गर्छन् ।


कतिपयले महिलाले हस्तमैथुन गर्दा चरमसुख पनि राम्रोसँग प्राप्त गर्ने कुरा उल्लेख गरेका छन् । यौनसम्पर्क गरेर यौन चरमसुख प्राप्त गर्न गाह्रो भएका महिलाहरूका लागि त हस्तमैथुन वरदान नै हो भन्न सकिन्छ । दुवै जना मिलेर कसरी बढीभन्दा बढी यौनआनन्द लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर हस्तमैथुनसहितको विभिन्न यौन क्रियाकलाप गर्दा यौन आनन्द प्राप्त गर्न सहयोग मिल्छ ।

सामान्यत: यौनेच्छा पूरा भएपछि थप यौनसम्पर्क वा हस्तमैथुन गर्न सकिँदैन । आफ्नो दैनिक जीवनलाई नै असर पार्ने गरी लत बसेको छ भनेचाहिँ चिकित्सकको मद्दत लिनुपर्छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger