Monday, April 17, 2017

मात्रै ३० मिनेटमा रुघाखोकी च्वाट पार्ने यस्ता छन् घरेलु उपाय

News Update | 9:35 PM |


काठमाडौँ । बदलिँदो मौसमसँगै रुघाखोकीको समस्या पनि व्यापक मात्रामा बढ्छ। यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता घट्दछ र संक्रमणको जोखिम बढि हुन्छ । हामीले खाने केही सामान्य खानेकुराहरु यस्ता हुन्छन् जसले रुघाखोकीबाट बचाउँछन् ।

१. गाजर – क्यारोटमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ। गाजरको नियमित सेवनले विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ।

२. ग्रिन टी - ग्रिन टी लाई शक्तिशाली एन्टीअक्सिडेन्ट भनिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ। दिनमा ३ कम ग्रिन टी पिउनाले रोग प्रतिरोधी क्षमता बढाउँछ विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।

३. च्याउ - च्याउमा पनि विभिन्न खाले पोषक तत्वका साथै औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधी क्षमताको प्रवर्द्धक मानिन्छ। रुघाखोकीको संक्रमणबाट जोगिन नियमित रुपमा च्याउको सुप खानु आवश्यक हुन्छ ।

४. लसुन - लसुनलाई आयुर्वेदमा पनि अचूक औषधिको रुपमा लिइन्छ र चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ। कलेजोलाई विषरहीत बनाउने तथा सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउनका लागि लसुनले सहयोग पूराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

५. मह - रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधिको रुपमा महको सेवन गर्ने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ। यसका साथै तुलसीको पात, पारीजात, लसुन, बेसार, ज्वानो, अदुवा, बिरेनुन, टिमुर मिलाएर पानी पकाएर खाएमा रुघाखोकी ३० मिनेटमा नै ठिक हुन्छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger