Tuesday, April 18, 2017

काठमाडौँबाट कांकडभिट्टा जाँदै गरेको बस गोलबजारमा दुर्घटना, चालकको मृत्यु, केही घाईते

News Update | 11:30 PM |

लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नम्बरको फिफा बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिँदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Share this article

0 comments:

Post a Comment

Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger