Thursday, April 13, 2017

राती भन्दा बिहानमा सम्भोग गर्नाले नसोचेको लाभ.कसरी जीवन बदलिन्छ त्यसो गर्नाले,जानी राखौ

News Update | 9:06 PM |


यौनलाई सुखी दाम्पत्य जीवनको महत्वपूर्ण पाटो मानिन्छ । दाम्पत्य जीवनमा विग्रह ल्याउनमा पनि यौन नै अगाडि देखिन्छ । यौनमा तालमेल र पूर्ण सन्तुष्टि नमिलेकै कारण कतिपयका घरबार बिग्रिएका खबर संसारभरबाट आइरहेका हुन्छन् । यौन सम्भोगलाई भोकलाग्दा खाने अन्य खानाजस्तै ठान्ने सेक्सोलोजिस्ट डा. सुबोध पोखरेल यौनबारे भन्छन् :

सम्भोगका लागि दुवै पार्टनर शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ । शारीरिक र मानसिक रूपमा थकित भएको अवस्थामा गरिएको सम्भोगले पूर्ण सन्तुष्टि दिलाउन सक्दैन । दुईमध्ये एक मात्रै थकित भए पनि आनन्द दुवैलाई मिल्दैन । कार्यालयको काममा दिनभर अबेरसम्म व्यस्त रहने र अबेला सुत्ने व्यक्तिलाई रातिको सम्भोग खासै उपयुक्त हुँदैन । यस्ता व्यक्तिलाई उज्यालो नहुँदैको बिहानीपख उत्तम समय हुन्छ । उज्यालो भएपछि काममा व्यस्त हुनुपर्ने भएकाले उठ्नुभन्दा ठीक अगाडिको समय छान्नु ठीक हुन्छ । यौन सन्तुष्टिका लागि मात्रै हौइन स्वास्थ्यका हिसाबले पनि यो सही समय हो ।

बेलुका छिट्टै सुत्ने व्यक्तिका लागि सम्भोगका लागि रातिको समय राम्रो हुन्छ । शरीरले पूर्ण आराम पाइसकेको हुनाले यतिवेलाको सम्भोगबाट सन्तुष्टि मिल्छ भने शारीरिक पीडा पनि हुँदैन । मानसिक रूपमा पनि यो समयमा तनावमुक्त भइसकिएको हुन्छ । त्यसो त बेलुका चाँडै सुत्ने व्यक्तिलाई पनि बिहान उठ्नुअघिको समय नै सम्भोगका लागि अझ उत्तम हुन्छ । जोकोहीलाई बिहान उठ्नुअघिको समयको सम्भोग नै स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ । बिहान उठ्नुअघिको समयमा शरीरले पनि आराम पाएर फुर्तिलो हुन्छ भने मानसिक तनाव पनि हुँदैन ।

महिलाहरू सम्भोगको समयमा अति गोप्य र सुरक्षाको वातावरण चाहन्छन् । यस्तो माहोल भएपछि मात्रै महिला यौनका लागि खुल्ने गर्छन् । पुरुषको महिलाप्रति मायामा कति समर्पित छ भन्ने कुराले महिलाको यौन सन्तुष्टिमा प्रभाव पार्छ । पुरुष जति मायाले समर्पित भयो, महिलाले उति नै सन्तुष्ट हुन्छन् । त्यसैले महिलाहरूका लागि पनि बिहान उठ्नुअघिको उज्यालो नभइसकेकै समय सम्भोगका लागि उपयुक्त हुन्छ ।

सम्भोग कति समयमा कतिपटक गर्ने भन्ने कुनै निश्चित हुँदैन । पार्टनर एकअर्काबीच तयार भए हरेक दिन या हप्तामा, जहिले पनि हुन सक्ने कुरा हो । तर, शारीरिक र मानसिक रूपमा दुवै तयार हुनैपर्छ । यो भोक लागेर खाना खाएजस्तै हो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger