Wednesday, April 12, 2017

NASA का बैज्ञानिकहरुबाट नेपालमा भूकम्प जान सक्ने खतराबारे एक रिपोर्ट व्यक्त.सक्दो सेयर गरौ(भिडियो)

News Update | 1:30 AM |


काठमाडौं । नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले अहिले देशभर २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए। उनले भने “सन २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र जापान सरकारले आठ केन्द्र बनाउन सहयोग दिनेछन्।”

केन्द्रले ‘गोरखा भूकम्प’ पछि नेपालमा गएका भूकम्पको धक्का प्रशोधन कार्य ९अभिलेख राख्ने काम० गरिरहेको छ। केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि अहिलेसम्म नेपालमा ३० हजारभन्दा बढी भूकम्प तथा परकम्प गइसकेको छ।

कोइरालाले गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४७९ र त्योभन्दा तलका ३० हजारभन्दा बढी परकम्प गएको बताए। वैशाख १२ गते गएको भूकम्पपछि दैनिक सयौं परकम्प गएको र त्यसको अभिलेख राख्न नसकेकाले अहिले केन्द्र अभिलेख राख्ने काम जुटिरहेको छ।

उनले भने “देशभरका केन्द्रबाट आएका तथ्याङ्कको प्रशोधन गरिरहेका छौं। अहिलेसम्म झण्डै २० हजार परकम्पको प्रशोधनको काम भइसक्यो।”

नेपालमा सन् १९७८ मा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुल्चोकीडाँडामा भूकम्प मापन केन्द्रको स्थापना भएको थियो। नेपालमा अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम बैतडीसम्म २१ केन्द्रबाट भूकम्प मापन हुँदै आएको छ। रासस
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger