Wednesday, April 12, 2017

विहे भएको एकवर्ष पछि घट्छ यौन चाहना, किन ?

News Update | 2:57 AM |



एक अध्ययनले विवाहको एक वर्ष पछि यौन जीवनमा जोडीबीच उतार चढाव आउने निष्कर्ष निकालेको छ । वैवाहिक सम्बन्धको एक वर्ष पुग्दासम्म खुशीसाथ यौन कर्ममा सहभागी हुने जोडीलाई एक वर्ष पछि त्यो खुशी नमिल्ने अनुसन्धानमा उल्लेख गरिएको छ ।
एक वर्षसम्म हुने सेक्स र त्यसका चाहना सँगै त्यसले दिने खुशीमा रमाउने जोडीमा एक वर्ष पछि उतारचढाव आउने अनुसन्धानमा उल्लेख गरिएको छ । अध्ययन अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग कार्यको दरमा अकल्पनिय गिरावट हुने गरेको छ ।

म्युनिखस्थित लडविग म्याक्सिमिलियन विश्वविद्यालयका शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३ हजार जोडीमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । ठूलो संख्यामा जोडीमा उनीहरुको यौन चाहानाको समय र विवाहको समय तुलना गरेर प्रश्न गरिएको अनुसन्धानकर्ताहरुले बताउका छन् । कतिपय बच्चा भएपछि यौन चाहना घटेर गएको बताएको समेत अनुसन्धानमा उल्लेख गरिएको छ । यद्यपी म्याक्सिमिलियन विश्वविद्यालयकी शोधकर्ता क्लाउडिया समिडबर्गका अनुसार बच्चा हुनुले दम्पतीको यौन सन्तुष्टिमा खासै भूमिका नखेल्ने बताउछिन् ।

उनको यो व्यक्तिगत अनुभव भन्दा शोधको निष्कर्ष भने अलि फरक रहेको छ । बच्चा भएपछि यौन जोडीका बीचमा हुने मनमुटावले यौन इच्छा कम गर्छ । अनुसन्धानले झगडालु जोडीमा सेक्सको दर कम हुने समेत देखाइएको छ ।

जोडीका बीचमा सदैव यौन सन्तुष्टिलाई सुरक्षित राख्न झगडाको दर घटाउनु पर्ने निष्कर्ष अनुसन्धान कर्ताले सार्वजनिक गरेका छन्
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger