१. लिङ्ग-मुख-मैथुन (Fallatio),
२. योनि-मुख-मैथुन (Cunnilingus)
३. गुद्द्वार-मुख-मैथुन (Anilingus)
यी सवैले समग्रमा मुख-मैथुनलाई बुझाउँछ । "लिङ्ग-मुख-मैथुन" तथा "गुद्द्वार-मुख-मैथुन" पुरुष-पुरुष तथा पुरुष-महिलाका बीच हुनसक्छ । यस बाहेक, समलिङ्गीहरुमा अनि पुरुष-पुरुष वा महिला-महिला बीच पनि मुख-मैथुन हुनसक्छ । "योनि-मुख-मैथुन" पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ ।
व्यक्ति पिच्चे यौनको आकर्षण, क्षमता, रुचि र आनन्द फरक हुन्छ । मुख-मैथुनको धारणप्रति पनि प्रत्येक व्यक्तिको मत फरक हुनु स्वभाविक छ । कोही व्यक्तिका लागि यो निकै आनन्दायक र रुचिकर क्रिया हुनसक्छ भने कतिका लागि एकदमै घिनलाग्दो र एक अर्थमा अप्राकृतिक हुनसक्छ । व्यक्तिको धार्मिक पृष्ठभूमि, शिक्षा, यौन सचेतना, यौन प्रतिको व्यक्तिगत धारणा, यौनरोग र यौन शिक्षा, यौन जोडिको व्यक्तिगत धारणा जस्ता अन्य विषयले पनि मुख-मैथुन प्रतिको धारणा बदल्न सक्छ । नेपालको सन्दर्भमा, मुख-मौथुन होस् वा यौन सचेतना यस्ता विषयमा खुलेर अध्ययन हुन सकेको छैन् । तर यौन गोप्य क्रिया भएकाले मुख-मैथुनको क्रिया विश्वको जुनसुकै भागमा हुनसक्ने अनुमान लगाउन सकिन्छ । सम्भोगका अलावा मुख-मैथुन रुचाउने व्यक्ति वा जोडीहरू नेपालमा यथेष्ट मात्रामा भएको तथ्याङ्क यहाँ बाट पाउन सकिन्छ । अतः मानव यौनसम्पर्कलाई विश्लेषणत्मक र अध्ययन ध्येयले हेर्ने हो भने कतिपय दम्पतीका बीच मुख-मैथुनको महत्त्वपूर्ण स्थान रहेको तथ्याङ्क यसले देखाउँछ ।
कामसूत्र र कामशास्त्र के हो ? #What is Kama sutra and Kama Science?
कामसूत्र भन्नाले कामशास्त्रका प्रवर्तक वात्स्यायन आदिले रचेको कामशास्त्रीय सिद्धान्त वा सूत्र हो । अनि कामशास्त्रमा स्त्री र पुरुषको शारीरिक समागम र काम वासना सम्बन्धी कलाकेलीको वर्णन भएको विज्ञान हो कामशास्त्रलाई यौनविज्ञान, रतिशास्त्र, वा कोकशास्त्र पनि भनिएको छ । कोकशास्त्र आचार्य कोकद्वारा रचित गन्थ हो जसमा संभोग र रतिरागको वर्णन गरिएको छ ।
कामशास्त्रमा ऋषि वात्सायनले पनि मुख-मैथुनका बारेमा वर्णन गरेको भेटिन्छ । उनले मुख-मैथुनलाई आठ किसिमले वर्गीकृत गरेका छन् । ती हुन् –
निमित्त (हातले लिङ्गलाई समातेर ओठमा राखेर, मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु),
पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउन'),
बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने),
अन्तःसन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने),
चुम्बितक (ओठलाई चुम्बन लिएजस्तै चुम्बन लिने),
परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने),
आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने),
संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) ।
के मुख-मैथुनले हानि गर्छ ? #Does oral-sex harms?
मुख-मैथुन जस्ता यौन क्रियाकलाप स्वस्थकर हुन् वा होइनन् भन्ने कुरामा धेरैमा शंका रहेको पाइन्छ । मुख-मैथुन भन्दा पहिले यौन समागम हुँदा वा गर्दा पहिलो प्राथमिकतामा स्वास्थ्य र सुरक्षा तर्फ ध्यान दिन हुन जरुरी छ । अतः स्वस्थ्य जोडि बीच यौन समागम सुरक्षित भए जस्तै, स्वस्थ व्यक्तिका माझ मुख-मैथुन गर्नु सुरक्षित हुन्छ । अतः स्वास्थ्य जोडिका बीच सुरक्षित प्रणलीद्वारा मुख-मैथुन हुँदा दुवैको स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन ।
पछिल्ला केही दशकमा यौन भनिसक्दा यौनरोग पनि सं-संगै विचार गर्नुपर्ने भएको छ । यसले व्यक्तिलाई यौनरोग संग सचेत गराएको छ । यद्धपि यौनरोगका बारेमा कतिपय गलत धारणा समाजमा विध्यमान छन् । मुख-मैथुनको क्रियामा कुनै एक व्यक्तिमा यौनरोग छ भने त्यो अर्को व्यक्तिमा सर्न सक्छ । रोग सर्ने कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ ।
यौनरोग भएको खण्डमा राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र जस्तो सुकै यौन क्रियाकलापमा सरिक हुनु राम्रो मानिन्छ । यदि यौन साथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि त्यसलाई सुरक्षित बनाउनु आवश्यक छ । यसरी यौनरोगको संङ्क्रमण आफूमा र आफूबाट अरुमा नियन्त्रण गर्न सकिन्छ ।
यौनरोग सर्ने सम्भवना कति हुन्छ ? #What is the chances of transmission of STD's ?
यौनरोग सर्छ वा सर्दैन, यो गरिएको क्रियाको प्रकृति अनुसार भरपर्छ । क्रियामा अरूको लिङ्ग तपाईंले ग्रहण गर्नुभएको वा तपाईंको लिङ्ग अरूले ग्रहण गरेको हो सो कुरामा रोग सर्ने जोखिम भर पर्छ । मूख्य यौनरोग मानिएको एचआईभी सर्ला-नसर्ला भन्ने प्रश्नमा, तपाईंको मुख-मैथुन हुँदाको परिस्थितिमा यो भरपर्छ । सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम (Theoretical Risk) भनिन्छ । थूकको सम्पर्क हुने गरी गरिने चुम्बन (Wet Kissing), कन्डम लगाएर गरिएको मुख-मैथुन, औंला यौन अंगमा पसाउनु, यौन अंगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन् । रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने देखिएको यौन क्रियाकलापलाई कम-जोखिमपूर्ण (Low Risk) भनिन्छ । कन्डम नलगाई गरिएका मुख-मैथुन वा कन्डम लगाएर गरिएको योनि तथा गुदा मैथुन यसका उदाहरण हुन् ।
सुरक्षाका उपाय के हुन् ? #What are the preventive measures?
माथि उल्लेखित यौनक्रिया सुरक्षित बनाउन कन्डमको प्रयोग अनिवार्य छ । यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । "योनि-मुख-मैथुन"का लागि 'डेन्टल ड्याम' [(Dental Dam), रवरको पातलो चारपाटे टुक्रा] को प्रयोग गर्न सकिन्छ । 'डेन्टल ड्याम' छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा याद राख्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा के के हुन् ? #What are the points to be considered?
मुख-मैथुनका लागि अर्को महत्त्वपूर्ण कुरा यौनअंगहरूको सरसफाइ हो । हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइमा राम्रोसँग ध्यान दिदौनौं । यसलाई जहिले पनि फोहर अङ्ग मान्छौं, तर वास्तविकता त्यसो होइन । यौन अङ्गवरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए त्यसको गन्ध कडा रूपमा आउँछ, जसले यस किसिमको यौन क्रियाकलापलाई असजिलो पार्न सक्छ । यौन अंगहरूलाई सादा साबुन पानीले धुनु नै पर्याप्त हुन्छ । पानी मनतातो हुनु बेस हुन्छ । धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौन अङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्याउन सक्छ । योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन । दिनहुँ यौन अङ्ग धुने अथवा अझै सकिन्छ भने यौनसम्पर्क भन्दा पहिले यसो गर्न सकिए मुख-मैथुनको आनन्द अझ बढी तथा सजिलै लिन सकिन्छ । कतिपय यौनरोगहरु पुरुषलाई मात्र लाग्ने र महिलालाई मात्र लाग्ने पनि छन् । यस्ता रोगका किटाणु पुरुषका वा महिलाका योनाङ्गमा हुन्छन् तर केही असर गर्दैनन् । तर यौनक्रियाका समयमा एक अर्कामा सर्ने गर्छन् जसले अर्को व्यक्तिलाई असर पार्छ । यस्तो अवस्थामा यौन अङ्गको सरसफाइले धेरै हद सम्म सुरक्षित यौनक्रियाकलाप हुन सघाउँछ ।
के वीर्य खाइए हानि हुन्छ ? #What happens if semen is swollen?
वीर्यमा पुरुष प्रजनन अङ्गहरू जस्तै वीर्यथैलीबाट निस्किएको रस, शुक्रवाहिनी नलीको रस, पौरष ग्रन्थि तथा मूत्रनलीका [(Mucous), शेष्म ] ग्रन्थिका रसहरूबाट बनेका हुन्छन् र यसैमा अण्डकोषबाट उत्पादित शुक्रकीटहरू हुन्छन् । जहाँसम्म हानिको कुरा छ, यसमा भएका पदार्थहरू ‘शुक्रकीट’ (Sperm, Spermatozoa) बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । त्यसैले निलिए पनि हानि गर्ने कुरा भएन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटबाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाटै पाएका छौं भन्ने कुरा पनि बिर्सनु भएन ।
सामाजिक सचेतना #Social Awareness
नेपाली सामाजमा यौनको व्यवहारिक विचारमा व्यापक फरक पाइन्छ । यौनरोग लुकाएर असर अझै बढाउने प्रवृति पनि नयाँ हैनन् । किशोर अवश्थामा टेकेका दुवै केटा र केटीहरुमा यौन र यौन प्रतिको जिज्ञाशा उचित किसिमले समाधान हुन नसकेको अवश्था छ । यहाँ सम्म की किशोर अवश्था अर्थात यौनाङ्ग विकास, यौन जिज्ञाशा, यौन इच्छा जस्ता विषयले कसैकसैलाई ठूलै मानसिक चिन्ता ल्याईदिन्छ । समधानको अभावमा यस्ले जटिल रुप लिँदै जान्छ । यौनरोगको बारेमा धेरै जसो सुन्दै पाप लाग्ने मानसिकता भएका छन् भने कतिपय मानिसमा ज्ञान अझै अल्प छ । यौनरोग लागेको मानिसलाई हेर्ने सामाजिक दृष्टिकोण बदलिन सकेको छैन् ।
0 comments:
Post a Comment