Monday, April 3, 2017
Browse » Home » » मुग्लिन सडकमा पहिरो खस्दा दर्जनबढी सवारी पुरिए, दुई जनाको मृत्यु[LIVE VIDEO]
मुग्लिन सडकमा पहिरो खस्दा दर्जनबढी सवारी पुरिए, दुई जनाको मृत्यु[LIVE VIDEO]
News Update | 12:34 AM |
चितवन, २१ चैत । नारायणगढ—मुग्लिन सडकमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आधा दर्जनबढी सवारी साधन पुरिएका छन् ।
मुग्लिन सडकअन्तर्गत चितवनमा पर्ने कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सवारी साधनसँगै पुरिएर गम्भीर घाईते भएका दुई जनाको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन् ।
बिहान १०ः४० बजेको समयमा खसेको सुख्खा पहिरोले सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।
उनका अनुसार पहिरोमा पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएका छन् ।
पुरिएकाहरुको उद्वारको लागि तीनवटै सुरक्षा निकाय तथा स्थानीयहरुलाई परिचालन गरिएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment