Wednesday, June 7, 2017

कैलालीमा बस दुर्घटना हुँदा कांग्रेस नेता चौधरीको निधन, १६ जना घाइते

News Update | 10:20 AM |



एकेन्द्र महता
कैलाली जेठ २४-कैलालीको टीकापुरबाट नेपालगञ्जका लागि छुटेको बस बुधबार बिहान करिब ११ बजेतिर जानकी गाउंपालिका ९ पथरैयामा दुर्घटना भएको छ । बस दुर्घटना हुंदा नेपाली कांग्रेसका नेता जोधी प्रसाद चौधरीको निधन भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । ना ५ ख ५३० नं. को बस दुर्घटना हुंदा टीकापुर नगरपालिका १ का ४० बर्षिय चौधरीको निधन भएको हो ।

चौधरी नेपाली कांग्रेसबाट टीकापुर नगरपालिकाको मेयरका आकांक्षी हुनुहुन्थ्यो । उहां थारु कल्याणकारिणी सभा कैलालीका उपाध्यक्ष पनि हुनुहुन्थ्यो । लामो समयदेखि शैक्षिक क्षेत्रमा समेत आबद्ध चौधरीको निधनले टीकापुरबासी शोकाकुल भएका छन् । घाइते मध्ये चार जनालाई गम्भीर अवस्थामा रहेका छन । गाडी चालक अत्तरिया नगरपालिका ९ का धर्मसिंह पुजारा, लम्कीचुहा नगरपालिकाका वर्ष ५ का सीता विक, बांकेका ५० वर्षिया बालकुमारी मल्ल, जानकी गाउँपालिका वडा नं १ का ६० वर्षिया रामकुमारी सुनारलाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चारै जनालाई थप उपचारका लागि टीकापुर अस्पतालले नेपालगञ्ज रेफर गरेको छ । अन्य १२ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक सहित १७ जना रहेका प्रहरीले बताएको छ । बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger