Saturday, June 3, 2017

बस र पोलको बीच फस्यो एक मानिसको घाटी.तड्पी तड्पी निधन उक्त मानिसको(भिडियो)

News Update | 10:38 AM |



भारतको इन्दौरस्थित खंडवामा एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एक मानिस बस र पोलका अड्किएपछि उनले निकै तड्पिएर ज्यान गुमाएका छन् ।

एमपी–३७ पी–०११९ नम्बरको बस स्थानीय खंडवादेखि मुदीसम्म जाँदै थियो । यात्राकै बिचमा पुलिया भन्ने स्थानमा जाम देखेपछि ड्राइभरले आफूसँगै बसेका सचिन पिता हरलाल (३२) लाई ओर्लिएर बसको अगाडिको पाङ्ग्रामा ढुङ्गा राख्नको लागि अह्राए ता कि बस पछाडि नचिप्लियोस् ।सचिन अर्को बसका सहयोगी थिए । बसका ड्राइभर अनवरसँग उनको राम्रो सम्बन्ध थियो । उनी यो बसमा सवार भएर मूंदीस्थित आफ्नो घर जाँदैथिए । अनवरको बसमा कोही सहयोगी थिएनन् त्यसकारण ड्राइभरले उनलाई ओर्लिएर ढुङ्गा राख्न आग्रह गरेका थिए ।आग्रहलाई स्विकार गर्दै सचिन पाङ्ग्रामा ढुङ्गा राख्दै थिए त्यति नै बेला अचानक बसको ब्रेक फेल भयो र निकै रफ्तारमा पछाडि गुड्यो । बस पछाडि गुडेपछि सचिनको गर्धन बस र पोलका बिचमा निकै नराम्रो तरिकाले फस्यो । उनी चिच्याएको सुनेपछि बसमा सवार मानिसहरु निकै आत्तिएर बाहिर निस्किए । बाहिरको स्थिती देखेर धेरै मानिसको होस उड्यो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger