Friday, June 2, 2017

मुख मैथुन सेक्सको स्टार्टिङ प्वाइन्ट ? ~भूमिका श्रेष्ठ

News Update | 1:33 AM |



काठमाडौं –नैकापका कुमार श्रेष्ठ र उनकी जीवन संगिनी नुमाको कान्छो छोराको रुपमा २७ बर्षअघि कैलाश श्रेष्ठ जन्मिए । तर, अहिले उनी तेस्रोलिङ्गी भुमिका श्रेष्ठका रुपमा समाजमा स्थापित छिन । पुरुष र महिलालाई मात्रै सामाजिक मान्यता दिने समयमा उनलाई आफु तेस्रोलिङ्गी भएको खुलाउन बाहिरमात्रै होईन, घरमै पनि सास्ती भयो । घरपरिवार, छरछिमेक, स्कुल सबैतिर उनलाई छोरो मान्छेका रुपमा चिन्थे तर, उनकोे स्वभाव र आनिबानी भने केटीको जस्तो थियो ।

छोराको बिहे गरेपछि बानी सुध्रिने भन्दै परिवारले उनको बिहे गरिदिन केटी पनि खोजे । तर, उनले बिहे गर्न मानेनन् । ‘बिहे गर्ने भनेर मेरा लागि घरबाट दुई–तीनवटा केटी पनि खोजे । मलाई देखाए पनि । तर, मैले बिहे गर्न मानिनँ ।

म आफैँ केटी हँु, अनि केटीसँगै किन बिहे गर्नु भनेर अस्वीकार गरे’, भावनाले मिरर न्यूजसितको अन्तरंग कुराकानीमा भनिन् ।

ब्लु डायमण्ड सोसाईटीको सम्पर्कमा आएपछि कैलाशको नयाँ न्वारन भयो, भावना श्रेष्ठ । उनी अहिलले सोसाईटीको मानवअधिकार विभाग प्रमुख पनि हुन । आफु र आफुजस्तै साथीहरुलाई छक्का, हिंजडा, नपुंशक भनेर समाजमा होच्याइएको उनले कति सुनिन, झेलिन गनिसाध्य छैन ।

त्यसैले उनी तेस्रोलिङ्गीहरुको हकहीतकालागि लडिरहेकी छिन । उनी अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनीधि समेत छिन ।

हेर्दापनि भावना सुन्दरी छिन । त्यसैले केटी भन्ठानेर प्रेम प्रस्ताव राख्नेहरु पनि थुप्रै भेटिए उनलाई । दुई÷तीन पटक त गम्भिर प्रेममा पनि परिन । तरपनि बिहे हुन सकेन । ‘केटाहरू दुलही बनाएर, बुहारी र पत्नी बनाएर घरमा भित्र्याउन तयार हुने तर, उनीहरूको परिवारले बच्चा खोज्ने । मसँग बच्चा पाउने क्षमता नै नहुने । मैले दिनै नसक्ने कुरा उनीहरूलाई कसरी दिन सक्थेँ र ? त्यसपछि लभ टुट्ने’, प्रेम असफल हुनुका कारण उनी आफै सुनाउँछिन । भावनाको जिवनकथा उनकै शब्दमा ः

०००
बुबा (कुमार श्रेष्ठ) र आमा (नुमा श्रेष्ठ)को कान्छो छोराका रूपमा २७ वर्षअघि म जन्मिएँ । मभन्दा माथि एक दिदी र एक दाजु हुनुहुन्छ । उहाँहरूको विवाह भइसकेको छ । अहिले नयाँ नैकाप–१ काठमाडौंमा आमा र दाजु–भाउजूसँगै बस्छु । समाजमा अहिले भूमिकाका नामले चिनिए पनि मेरो परिवारले दिएको नाम कैलाश हो ।

मध्यमवर्गीय परिवारमा जन्मिए पनि मेरो बाल्यकाल सुखमय नै रह्यो । नैकापकै ब्राइड फिउचर सेकेन्डरी बोर्डिङ स्कुलमा पढ्थेँ । बुबाको मृत्युपछि घरमा आर्थिक समस्या देखिन थाले । पाँच कक्षादेखि म पनि बोर्डिङबाट सरकारी स्कुलमा सारिएँ ।
०००००

छोरी मान्छेको अनुभूति हुन थाल्यो
छोराका रूपमा जन्मिएँ, त्यसैले परिवार र आफन्तहरूले निकै खुसी मनाएका थिए । तर, त्यो खुसी खुसीमै सीमित रह्यो । हुर्कंदै जाँदा मेरो व्यवहार, अनुभूति र आनिबानीमा फरकपन देखिन थाल्यो । ममा छोरी मान्छेको स्वभाव देखिन थाल्यो । मेरो व्यवहार देखेर सबै छक्क पर्थे । तर, मलाई भने केही अनौठो लाग्दैनथ्यो ।

चार–पाँच वर्षकै उमेरदेखि घरमा भाँडा माझ्ने, लुगा धुनेलगायतका काममा सहयोग गर्थेँ । दिदीको ड्रेस लगाउने, लिपिस्टिक लगाउने रहर लाग्थ्यो र त्यस्तै गर्थेँ पनि । घरमा भने ‘अहिले बच्चै छ, ठूलो भएपछि आफैँ त्यस्तो सोच हराउँछ’ भन्ने ठान्थे । परिवारले उमेर बढ्दै जाँदा मेरो व्यवहार केटा मान्छेकै जस्तो हुने आशा गरेको थियो । तर, मेरो व्यवहारमा परिवर्तन आएन । बरु, ममा केटीहरूको हाउभाउ नै बढी झल्किन थाल्यो ।

मलाई ‘म अरू केटाभन्दा फरक छु’ भन्ने लाग्थ्यो । ११ वर्षको हँुदा मैले त्यस्तो महसुस गरे । केटा मान्छेका रूपमा जन्मिएकाले समाजले मलाई पुरुषकै व्यवहार गथ्र्यो । तर, मलाई कहिले पनि ‘केटा मान्छे हँु’ भन्ने महसुस नै हुँदैनथ्यो । ‘केटी हुँ’ भन्ने लाग्थ्यो । स्कुलमा, बाटो हिँड्दा साथीहरूले ‘छक्का, हिँजडा, नपुंसक’ भनेर जिस्काउँथे । तर, म वास्ता नै गर्दैनथेँ । स्कुलमा पनि केटीकै ड्रेस लगाएर नाच्थेँ । केटाहरूसँग कुरै मिल्दैनथ्यो । केटीहरूसँग नै बढी मिल्थे ।

०००००

केटाहरू नै मन पर्थे
टिनएजमा पुगेपछि ममा जुन परिवर्तन आउनुपथ्र्यो, त्यो आएन । विपरीत लिङ्गप्रति आकर्षित हुनुपर्नेमा मलाई केटाहरू मन पर्थे । सरहरू ‘व्यवहार परिवर्तन गर, केटा भएर पनि के केटीजस्तो भएको ? केटाजस्तो भएर बाँच्न सिक’ भन्नुहुन्थ्यो । म ड्रेसअप त केटाकै गर्थेँ, तर केटीको जसरी गाजल, पाउडर लगाउँथे ।

जन्मिँदा जुन रूपमा जन्मियो व्यवहारमा पनि त्यस्तै गर्नुपर्छ भनेर सोच्दो रहेछ हाम्रो समाजले । तर, मान्छेको मन र अनुभूति त त्यसरी हिँड्न त सक्दैन नि ! शारीरिक बनावट केटाको भए पनि मन, अनुभूति र दिमाग केटीको जस्तो भएपछि त त्यो केटी नै हो नि !

मलाई समाजले, साथीहरूले सधैँ नकारात्मक दृष्टिकोणले हेर्थे । त्यसैले म कसैसँग पनि कुरा गर्न सक्दैनथेँ । केटाका रूपमा जन्मिएको मैले ‘केटा नै मन पर्छ’ भनेर कसलाई र कसरी भन्ने ? हामी साथीसाथीबीच कुरा हुन्थ्यो, ‘यो केटा कस्तो ह्यान्डसम छ, यो केटा मन पर्छ’ भनेर । तर, त्यो केटाको अगाडि गएर भन्न सक्दैनथेँ । आफूले इच्छाएको र चाहेको कुरा पनि म कसैसँग भन्न सक्दैनथेँ ।

समाजले ‘केटा भएर केटाको जस्तै भएर हिँड्’ भन्थ्यो । तर, मैले कसरी सक्नु ? मेरो मन भित्रदेखि आएको, अनुभूति गरेको कुरा कसरी परिवर्तन गर्न सक्थेँ र ! परिवर्तन गर्न सक्ने भए त्यति धेरै मानसिक यातना सहीसही किन बस्थेँ होला ? यसरी बाँच्ने मलाई पनि त रहर छैन नि ।

केही मान्छेले ‘संगतले पनि हो’ भन्थे । संगतले त्यस्तो परिवर्तन आउने भए त ममा पनि आउँथ्यो होला नि ! कति पटक म केटाजस्तै भएर हिँड्न खोजेँ, तर सकिनँ । मानसिक तनाव हुँदा म कोठामा चुुकुल लगाएर एक्लै रोएर बस्थेँ ।

०००००
केटी हुँ भन्ने महसुस भयो
म ११ वर्षको भएपछि मैले ‘म केटी हुँ’ भन्ने महसुस गर्न थालेँ । मेरो व्यवहार पनि छोरी मान्छेको जस्तो हुन्थ्यो । ‘म किन यस्तो गर्छु, किन मलाई यस्तो भएको होला’ भन्ने लाग्थ्यो । आफ्नो व्यवहार देखेर आफैँलाई अचम्म लाग्थ्यो । म पूरै ‘कन्फ्युज’ थिएँ । छोरी मान्छेले गर्ने काम मात्रै मलाई गर्न मन पथ्र्यो ।

हाम्रो नेवार समुदायमा छोरीले गुफा बस्ने चलन छ । गुफा बसेको वेला छोरा मान्छेले हेर्नुहँुदैन । तर, म जान्थेँ । मेरो दिदी गुफा बसेको वेला म गएँ । ‘म जान्छु’ भनेर घरमा रोएँ, झगडा गरेँ । धेरै गरेपछि ‘सानो छ, केही हुँदैन’ भनेर जान दिनुभयो ।
मम्मीले ‘अहिले बच्चै छ, ठूलो हुन्छ, जिम्मेवारी सम्हालेपछि आफैँ सुधार्छ बानी’ भन्नुहुन्थ्यो ।

तर, ठूलो हुँदै जाँदा पनि मेरो व्यवहारमा परिवर्तन आएन । म त झन् उग्र हुन थालेँ । फेसन पनि त्यस्तै गर्न थालेँ । फूल मेकअप गर्थे । त्यसरी नै स्कुल पनि जान्थेँ । स्कुलमा पनि केटी साथीसँग बढी मिल्थेँ ।

कक्षामा पनि केटीकै बेन्चमा बस्थेँ । केटाहरू त मेरो साथी नै थिएनन् भन्दा पनि हुन्छ । ‘केटा भएर पनि केटीहरूसँग मिलेको’ भनेर केटाहरूले जिस्क्याउँथे । उनीहरूले मलाई नराम्रो व्यवहार गर्थे । केटीलाई सजिलै छुन सक्दैनथे । अनि, मलाई ‘यो केटा हो, जे गरे पनि हुन्छ भनेर छुने, शरीर चलाउने र जिस्क्याउने गर्थे । मलाई भने एकदमै नमजा लाग्थ्यो ।
०००००

स्कुलको ट्वाइलेट दुईपल्ट मात्रै प्रयोग गरेँ
त्यो स्कुल पढ्दाको चार वर्षको अवधिमा मैले मुस्किलले एक वा दुईपटक मात्रै स्कुलको ट्वाइलेट प्रयोग गरेको छु । केटीको ट्वाइलेटमा जान मिल्दैन्थ्यो । केटाकोमा जानै सक्दैनथेँ, साथीहरूले जिस्क्याएर हैरान बनाउँथे । कोही नभएको मौका पारेर, सबैजना कक्षामा भएको वेला एकपटक केटाको ट्वाइलेट प्रयोग गरेँ ।

साथीहरूको बानीले गर्दा म स्कुलको ट्वाइलेट प्रयोग गर्नै सक्दैनथेँ । म पढ्ने स्कुल हाम्रो घरनजिकै थियो । सुटुक्क घर आएर ट्वाइलेट जान्थेँ । स्कुलमा पिसाब लाग्छ भनेर पानी पनि नखाएर बस्थेँ ।

स्कुलमा केही सर र विद्यार्थी साथीले मलाई ‘छक्का’, ‘हिँजडा’ जस्ता शब्दहरू भनेर निकै ‘ह्यारेस’ गर्ने काम पनि गरे । म्याडमले त केही भन्न सक्नुहुन्थेन । बरु, गाह्रो प्रश्न सोध्नुहुन्थ्यो । र, नजानेपछि अलि होच्याएर भन्नुहुन्थ्यो– ‘तलाई केटा भएर केटीको जस्तो नक्कल पारेर हिँड्न त आउँछ, पढ्न आउँदैन ?’ स्कुलमा मलाई कसैले पनि सपोर्ट गर्दैनथे ।

००००
स्कुल पढ्न दिइएन
जब म ९ बाट १० कक्षामा गएँ, त्यतिवेला मलाई ‘व्यवहार सुधारेर आउने भए पढ्न पाउने, नत्र पढ्ने ठाउँ छैन’ भनियो । यो ०६२ सालको कुरा हो । त्यसपछि मलाई स्कुल जानै मन लागेन । घरमा बोल्न सक्ने मान्छे कोही पनि थिएन । त्यसैले परिवारले पनि केही भन्न सकेन ।

सकेसम्म मैले एसएलसी पास गनुपर्छ भन्ने सोचाइ मम्मीको थियो । मेरो पनि त्यस्तै सोच थियो । ‘जसरी भए पनि एसएलसी पास गर्नुपर्छ’ भन्ने सोच्थेँ । तर, माहोल नै भएन । केही शिक्षक र केही साथीका कारण मैले स्कुल नै छाड्नुप¥यो । एसएलसीसमेत पूरा गर्न पाइनँ । स्कुल जानसमेत मलाई अप्ठेरो पारे ।

००००
बिहे गर्न घरबाट केटी पनि खोजे
समाजमा सबैले छोरा भनेर चिन्थे । तर, मैले छोरीको जस्तो व्यवहार देखाउँथेँ । त्यो देखेर केहीले मम्मीलाई कुरा सुनाउँदा रहेछन् । ‘तपाईंको छोरो के भएको त्यस्तो ?, छोरी मान्छेजस्तो गरेर आयु घटाइरहेको छ’ मम्मीलाई यस्तायस्तै कुरा सुनाउने गर्थे । त्यसले मम्मीलाई टेन्सन बनाउँथ्यो । अरू वेला मलाई घरबाट कहिल्यै नराम्रो व्यवहार भएन ।

छोराछोरीको उमेर बढ्दै गएपछि अभिभावकलाई खुसीसँगै तनाव पनि थपिन्छन् । जिम्मेवारी पनि बढ्दै जान्छन् । छोराछोरीको विवाहको चिन्ता पनि हुन्छ । मलाई पनि घरबाट विवाह गर्न दबाब आउन थाल्यो । मम्मीले ‘तिमी छोरा हो, बिहे गनुपर्छ, अब उमेर पनि भइसक्यो’ भनिरहनुहुन्थ्यो ।

बिहे गर्ने भनेर मेरा लागि दुई–तीनवटा केटी पनि खोज्नुभयो । मलाई पनि देखाउनुभयो । तर, मैले बिहे गर्न मानिनँ । ‘म आफैँ केटी हँु, अनि केटीसँगै किन बिहे गर्नु’ भनेर अस्वीकार गर्थेँ । म के हुँ भन्ने मलाई थाहा थियो नि । थाहा पाउँदापाउँदै बिहे गरेर अर्को केटीको लाइफ किन बर्बाद गर्नुजस्तो लाग्थ्यो । त्यसैले मैले घरबाट केटी खोज्दा पनि पनि बिहे गरिनँ ।

परिवार, साथीभाइ र समाजले मलाई ‘छोरा मान्छे’ भन्दा मलाई नमजा लाग्थ्यो । कतिवेला त ‘यो संसारमा म मात्रै यस्तो सोच्ने हुँ कि’ जस्तो लागेर साह्रै दिक्क लाग्थ्यो । त्यस्तै समयमा मैले नेपाल टेलिभिजनमा ‘संघर्ष’ कार्यक्रम हेरेँ आरती चटौत दिदीको । इन्डियाको समलिङ्गीको बारेमा कार्यक्रम बनाइएको थियो । त्यो देखेर मलाई अचम्म लाग्यो । ‘अबुई ! यस्ता मान्छे पनि हुन्छन् र’ भनेर मनमनै डराएँ पनि त्यतिवेला । अर्कै ग्रहका मान्छेजस्ता लागे समलिङ्गी त्यतिवेला मलाई ।

००००
यसरी पुगेँ ब्लु डायमन्ड सोसाइटीमा
सन् २००४ को कुरा हो । घर जान म रत्नपार्कमा गाडी कुरिरहेको थिएँ । एकजना पिङ्की गुरुङ मेरो छेउमा आउनुभयो । नजिकै आएर मसँग कुरा गर्न थाल्नुभयो । उहाँले सुरुमा ‘घडी छ’ भनेर सोध्नुभयो । हेर्दा केटोजस्तो छ ।

सुरुमा त अलि डराएँ । पछि बिस्तारै कुरा गर्न थाल्नुभयो । ‘हामी केटी भएर केटा मान्छेजस्तो बनेर बस्नुहुँदैन, यसरी कतिन्जेल लुकेर बस्ने’ भन्दै कुरा गर्नुभयो । म ट्वाँ परेर सुनिरहेँ ।

‘म पनि तिमीजस्तै हो, एउटा संस्था छ हामीहरू जस्तै साथीहरू भएको, म तिमीलाई देखाउँछु जान्छौ’ भनेर उहाँले सोध्नुभयो । मैले पनि ‘हुन्छ’ भने । उहाँसँगै म अफिस हेर्न गएँ । त्यो अफिस ब्लु डायमन्ड सोसाइटीको रहेछ ।

त्यहाँ मजस्तै अरूको पनि फोटोको कलेक्सन गरिएको रहेछ । उहाँले ती फोटा मलाई देखाउनुभयो । फोटोहरू हेरेपछि मलाई एकदमै खुसी लाग्यो । ‘म एक्लै रहेनछु, मजस्तै धेरै मान्छे रहेछन् यो संसारमा’ भन्ने थाहा भयो ।

म काम गर्ने सोचले त्यो संस्थामा गएकी थिइनँ । जब त्यहाँ फोटो हेरेँ, मजस्तै अरू मान्छेलाई पनि भेटेँ, त्यसपछि म अफिसमा आउन थालेँ । विस्तारै–विस्तारै कुराहरू पनि बुझ्न थालेँ । त्यतिवेला समलिङ्गी भनेर भन्थेँ । समलिङ्गी त हामीलाई पो भनिँदो रहेछ भन्ने थाहा पाएँ । नेपाल टेलिभिजनमा हेरेको ‘संघर्ष’ कार्यक्रममा देखाइएको कुरा त हाम्रैबारेमा रहेछ भन्ने कुरा बल्ल थाहा पाएँ ।

०००
कुण्ठाको जीवन बाँच्थेँ हुँला
मलाई सानोमा डान्स गर्न एकदम मनपथ्र्यो । स्कुलमा पनि नाच्थेँ । डान्स टिचर बन्छुजस्तो पनि लाग्थ्यो । सोसाइटीमा आएपछि ‘आफूलाई परिवर्तन गर्नुपर्छ, आफ्नो हक–अधिकारका लागि लड्नुपर्छ’ भन्ने हिम्मत आयो । समलिङ्गी, तेस्रोलिङ्गीको बारेमा पनि थाहा पाएँ । यस्ता धेरै काुरा सिक्दै गएँ ।

‘संघर्ष’ कार्यक्रम सम्झेर एकपटक पनि हाँसो लाग्यो । तेस्रोलिङ्गी, समलिङ्गी त हामीलाई पो भनेको रहेछ । सुरुसुरुमा त मेकअप गरेर बाटोमा हिँड्दा मान्छेहरू मलाई हेरेर हाँस्दा मख्ख पर्थेँ । मलाई राम्री भएको देखेर हाँसेकोजस्तो लाग्थ्यो । हिँजडा, छक्का र नंपुसक भन्दा पनि केही भन्दैनथेँ ।

किन भनेको भन्ने नै थाहा थिएन । छक्का, हिँजडा भनेको हामी होइन । लिङ्ग छेदन गरेर केटी मान्छे बन्नेलाई भन्छन् त्यस्तो । त्यो छुट्टै समुदाय हो । त्यस्ता समुदायको बसोबास भारतमा छ । मान्छेहरूले नबुझेर हामीलाई नै त्यस्तो भन्छन् ।

सायद यो संस्था (ब्लु डायमन्ड सोसाइटी)मा नआएको भए म एउटा कुण्ठाको जीवन बाँचिरहेको हुन्थेँ होला । सोसाइटीमा आइसकेपछि मेरो जीवन नै पूर्ण रूपले फेरियो । आत्मसम्मानको जीवन बाँच्न सिकेँ, बोल्न सिकेँ, नयाँ–नयाँ कुराहरू सिकेँ । आफ्नो पहिचनामा आएँ ।

म केटी हुँ । केटी नै थिएँ । केटी नै रहनेछु । त्यसपछि मलाई ड्रेस चेन्ज गर्नुपर्छ भन्ने लाग्यो । सुरु–सुरुमा त केटीको कपडा लगाएर हिँड्ने आँट नै आएन । बिस्तारै–बिस्तारै लेडिज कपडा लगाउन सुरु गरेँ । पछि बानी परेपछि भने अप्ठेरो लागेन ।

००००
‘मन पराउँछु’ भन्ने धेरै भेटिए
केटीको ड्रेसअप र मेकअप गरेर हिँड्न थालेपछि त धेरै मान्छेहरू झुक्किए । हेर्नमा पनि राम्री नै छु । धेरैले पे्रम प्रस्ताव राखे । कतिपयले केटी भनेर भुक्किएर प्रेम प्रस्ताव गर्थे, कतिले थाहा पाएरै । त्यस्तो प्रस्ताव राख्ने कतिजनालाई त मैले ‘म केटा मान्छे हो’ भनेर स्पष्ट बताइदिएँ । त्यसपछि उनीहरू आफ्नो बाटो लाग्थे । कतिपय केटा हो भनेर अचम्म पर्दै तर्सिन्थे । कतिले भने थाहा पाएर नै मलाई प्रेम गर्थे ।

‘तिमीलाई मन पराउँछु’ भन्नेहरू धेरै भेटिए, आए । म के हुँ भन्ने थाहा पाएर मन पराउने पनि थिए, पछि थाहा पाएर भाग्नेहरू पनि थिए । र, मेरो वास्तविकता थाहा पाइसकेपछि दया देखाउने पनि भेटाए । कतिले ‘मिस युज’को रूपमा पनि लिन खोजे । तर, मैले वास्तै गरिनँ ।

टिनएजमा पनि मेरो केटाहरूप्रति नै आकर्षण रहन्थ्यो । उनीहरूले भने साथी सम्झिन्थे । मैले भने ‘ब्वायफ्रेन्ड’ सम्झन्थे । तर पनि म केटा नै भएकाले मन पराए पनि भन्न सक्दैनथे । मेरो मनको कुरा कसैले बुझ्दैनथ्यो । अब भने वास्ता लाग्दैन ।

००००
पहिलो प्रेम व्यक्त गर्नै सकिनँ
स्कुल पढ्दाखेरी नै मैले एकजना केटालाई खुब मन पराउँथेँ । ऊ मभन्दा एक क्लास सिनियर थियो । यति धेरै मन पराउँथेँ कि ऊ स्कुल आउने वेला घन्टौँ बाटोमा कुर्थेँ, ऊ आएपछि पछिपछि हिँड्थे, कहिलेकाहीँ टाढाबाट उसलाई हेर्थेँ ।

तर, ‘म तँलाई मन पराउँछु’, ‘ब्वायफ्रेन्ड बनाउँछु’, ‘धेरै माया गर्छु’ भनेर कहिल्यै भन्न सकिनँ । मेरो घरकोे बाटो भएर नै ऊ स्कुल आउँथ्यो, म बाटो हेरेर बस्थेँ । जब ऊ आउँथ्यो अनि, उसको पछिपछि स्कुल जान्थेँ ।

यस्तो क्रम धेरै चल्यो । पछि मैले नाम नखुलाएर एउटा बच्चाको सहयोगमा उसलाई पोस्टकार्ड पठाएँ । तीनपटक यसरी पोस्टकार्ड पठाएँ । तर, पछि कसले दिएको हो नाम नबताए लिन्न भनेर लिएन । तर, उसलाई मैले पोस्टकार्ड पठाएको हो भन्ने पछि पनि थाहा भएन ।

उसको क्लासका साथीहरूको सहयोगमा ऊसँग चिनजान भयो । पछि सँगै चिया खानेसम्म भयौँ । झन् धरै माया लागेर आउँथ्यो । तर पनि मैले उसका अगाडि आफ्नो प्रेम कहिल्यै प्रकट गर्न सकिनँ । उसले अरूबाटै थाहा पाएको भए थाहा भएन ।
त्यसपछि पनि तीन–चारपटक लभमा परेँ, तर धेरै टिकेन । एउटा काभ्रेको केटासित लामो समय अफेयर चल्यो । उसको घरमा पनि आउजाउ गर्ने गर्थेँ । धेरै समय हामी सँगै बिताउँथ्यौँ । तर, पछि उसले पनि अर्कै केटीसित बिहे ग¥यो । सायद उसको घरका मान्छेले ‘बच्चा चाहिन्छ’ भने । म बच्चा दिन सक्दैनथे ।

यसबीचमा मलाई थुप्रै प्रेम–प्रस्ताव पनि आए । हेर्दा पनि म राम्री नै छु । मलाई केटी नै हो भनेर ठान्छन् पनि होला । त्यसरी प्रस्ताव राख्नेलाई मैले ‘म त यस्तो पो हो’ भनेर बताएपछि कति भागेर गए, कतिले दयाको रूपमा हेरे, कतिले ‘तिमी यस्तो भएर पनि यति राम्रो काम गरिरहेछौ’ भनेर सहानुभूति दिए ।

०००
तीनपटक ‘रियल लभ’मा परेँ
प्रेम आत्मानुभूति हो । आफ्नो मनको कुरा अरूलाई व्यक्त गर्ने एउटा प्रक्रिया पनि हो यो । केयरिङ एन्ड सेयरिङ नै माया हो । आफ्नो अलिक बढी स्पेसल मान्छेसँग मात्रै हुन्छ यो । म पनि लाइफमा तीनपटक रियल लभमा परेँ । तर, मेरो लभ सक्सेस हुन भने सकेन ।

जब म केटाको रूपबाट केटीको रूपमा परिवर्तन भएँ, त्यसपछि तीनजना पुरुषसँग मेरो रियल लभ चल्यो । उनीहरूले पनि मलाई साँचो माया नै गरे । हामीबीच सेक्सयुल रिलेसनसिप पनि भयो । ती तीनैजना अहिले मेरो टचमा छैनन् । उनीहरू राम्रो परिवारको राम्रो लाइफमा बाँचिरहेका मान्छे हुन् । त्यसैले म उनीहरूको नाम सार्वजनिक गर्न चाहँदैन । मैले त्यति बोल्दा उनीहरूको जीवनमा अप्ठेरो पर्न सक्छ ।

मसँग अफेयर चलेको एकजनाले मलाई थाहै नदिई अर्कै केटीसँग बिहे गरेर घरजम ग¥यो । त्यसपछि मैले त्यसलाई छाडिदिएँ । ऊसँग मेरो एक वर्षसम्म अफेयर चलेको थियो । उसले मलाई थाहै नदिएर विवाह ग¥यो । त्यसले मेरो चित्त एकदमै दुखायो । ऊ मेरो पहिलो प्रेम पनि थियो ।

प्रेममा धोखा खानु कम्ता पीडादायी हुँदैन । कति पीडा हुन्छ मलाई थाहा छ । अन्य केटीलाई जस्तो दुःख र पीडा हुन्छ, मलाई पनि त्यस्तै मलाई पनि त्यस्तै भयो ।

त्यो घटनापछि मैले त्यो प्रेमीलाई छाडिदिएँ । लभ पर्दा ब्वायफ्रेन्डको कन्ट्रोलमा बस्नुपर्छ । जुन सजिलो काम होइन । त्यति हुँदाहुँदै पनि एक वर्षसम्म उसलाई साँचो माया गरिरहेँ । अन्तिममा उसले मलाई धोखा दियो । जब कि उसलाई मेरोबारेमा सबै थाहा थियो । मसँग खुसी नै थियो ।

घरबाट प्रेसर आएपछि उसले अर्को केटीसित बिहे गरेको हो । तर, मलाई थाहै नदिएर, ढाँटेर बिहे गरेपछि मेरो चित्त दुखेको हो । उसलाई घरमा एउटा समस्या परेछ । बिहे गरेपछि आमाबुबाले बच्चा चाहिन्छ भनेछन् । म बच्चा जन्माउन सक्दैनथेँ । अब उसको परिवारलाई बच्चा चाहिने । म कसरी पूरा गर्न सक्थेँ उनीहरूको त्यो इच्छा ?

पहिलो प्रेम ब्रेकअप भएपछि अन्य दुईजनासँग पनि माया बस्यो । उनीहरूसितको सम्बन्ध पनि त्यस्तै भयो । सँगै मिलेर काम गर्ने, घुम्ने, एकअर्काका मनका कुरा र भावना साटासाट गथ्र्यौँ । सबै कुराहरू मिल्ने, अन्तिममा फेरि बच्चामै कुरामा अड्किने । केटाहरू दुलही बनाएर, बुहारी, पत्नी बनाएर घरमा भित्र्याउन तयार हुने तर, उनीहरूको परिवारले बच्चा खोज्ने । मसँग बच्चा पाउने क्षमता नै नहुने । मैले दिनै नसक्ने कुरा उनीहरूलाई कसरी दिन सक्थेँ र ? त्यसपछि लभ टुट्ने ।

म लङलास्टिङ लभ गर्न चाहने, तर केटाहरूको डिमान्ड अर्कै । मेरो जन्म पो छोरा मान्छेका रूपमा भयो । आनिबानी, अनुभूति सबै केटीको हो नि π म र मजस्ता अरू साथीहरूको मन पनि सामान्य केटीहरूको जस्तै हुन्छ नि π यो कुरा केटाहरूले नबुझ्ने क्या ।

०००००
ब्वायफ्रेन्डको कन्ट्रोलमा बस्न गाह्रो
कुनै पनि केटी प्रेममा हुँदा आफ्नो ब्वायफ्रेन्डको कन्ट्रोलमा बस्नुपर्ने हुन्छ । म पनि बसेँ । साह्रै गाह्रो हुन्छ ब्वायफ्रेन्डको कन्ट्रोलमा बस्न । तर, लभमा हुँदा त ब्वायफ्रेन्ड नै मेरो सबैथोक हो भन्ने लाग्छ नि । त्यसैले केटीहरू आफ्ना केही इच्छा, चाहना मारेर भए पनि ब्वायफ्रेन्डको कन्ट्रोलमा बस्छन् ।

म पनि एक वर्ष पूरै एउटा ब्वायफ्रेन्डको कन्ट्रेलमा बसेँ । गाह्रो रहेछ त्यसरी बस्न । प्रेमको मामिलामा केटीहरू इमानदार हुन्छन् । हामी त लङलास्टिङ लभ गर्न चाहन्छौँ । तर, पुरुषहरू इमानदार हुँदैनन्, हामीले चाहेजस्तो उनीहरू चाहँदैनन् । हामीसँग पनि लभ गरिरहने, उता अर्की केटीसँग पनि रिलेसन राखिरहने ।

आप्mनो ब्वायफ्रेन्डले अर्कै केटीसँग रिलेसन राखेको कुनै गर्लपे्रmन्डले टुलुटुलु हेर्न सक्छे र ? मलाई पनि ईष्र्या लाग्थ्यो । मैले मेरो प्रेमलाई लामो समयसम्म टिकाउन खोज्थेँ, तर उनीहरू सक्दैनथे । उनीहरूको व्यवहारले पनि हाम्रो प्रेमलाई दीर्घकालीन हुन दिँदैनथ्यो ।

अहिले त मेरो ब्वायफ्रेन्ड छैन । र, बनाउँदिनँ पनि । नटिक्ने माया किन गर्नु ? पहिले–पहिले त एकदमै पीडा हुन्थ्यो । तर, अब त सबै सामान्य लाग्छ । हामी कसैको बुहारी भएर बस्न सक्दैनौँ, बच्चा जन्माउन सक्दैनौँ । त्यो वास्तविकता मैले बुझिसकेकी छु । हाम्रो माया बढीमा दुई–तीन वर्षका लागि मात्रै हुन्छ । त्यस्तो माया गरेर किन समय खेर फाल्नुजस्तो लाग्छ अहिले ।
००००

बाटोमा बस्नु बाध्यता हो
यौन व्यवसायमा लाग्ने तेस्रोलिङ्गी मात्रै होइन, अरू केटीहरू पनि छन् । उनीहरूलाई जाने ठाउँहरू पनि प्रशस्त छन् । बार, डिस्को, नाइट क्लब, गेस्टहाउस, मसाज पार्लर जतासुकै पनि जान्छन् । तर, तेस्रोलिङ्गीहरू कतै जान पाउँदैनन् । गयो कि गेटबाटै निकालिहाल्छन् । अनि, कहाँ जाने त ? सडकमा त बाध्यताले बस्नुपरेको हो ।

सडकमा भेटिने सबै तेस्रोलिङ्गी, समलिङ्गी यौन व्यवसायका लागि मात्रै ती ठाउँमा जाने होइनन् । तेस्रोलिङ्गी, समलिङ्गी भन्नेबित्तिकै हाम्रो समाजले छाडा, उच्छृङ्खल सोच्छ । त्यस्तो होइन । हाम्रो पनि त इज्जत छ । समाज छ, घरपरिवार छ । सम्मानजनक जीवन बाँच्न हामी पनि चाहन्छौँ नि । तेस्रोलिङ्गीले बाँच्नका लागि यौन व्यवसाय गरेका हुन् ।

तर, मलाई व्यक्तिगत रूपमा भने त्यस्तो समस्या कहिल्यै आएन । घरपरिवारले मलाई धेरै सपोर्ट गरेको छ । राति ठमेल म पनि नगएको होइन । तर, यौन सन्तुष्टिका लागि होइन । साथीहरूसँग रमाइलो हेर्नका लागि गएको थिएँ । यसको अर्थ म चोखो छु भन्ने चाहिँ होइन ।

हाम्रो समुदायका मात्रै छौँ र यौन क्रियाकलापमा लाग्ने ? अरू केटी–केटा पनि त छन् नि । अनि, आरोप हामीलाई मात्रै किन ? कसैलाई रहर हुँदैन त्यस्तो क्रियाकलापमा लाग्ने । बाध्यताले हो । तेस्रोलिङ्गी, समलिङ्गी भन्नेबित्तिकै सबैले घृणाको दृष्टिले हेर्छन् । बाँच्ने अरू विकल्प पनि त छैन नि ।

अनि, के गर्ने ? कतिपय साथीहरू घरबाट निकालिएका छन् । काम खोजेर सुरु गरेपछि हाकिमले यस्तो रहेछ भन्ने थाहा पाउँछ र, त्यहीँ यौन शोषण गरिन्छ । सँगसँगै कामबाट पनि निकालिन्छन् । यस्तोमा बाध्य भएर बाँच्नका लागि भए पनि यौन व्यवसाय अपनाएका हुन् ।

००००

नौ–दश वर्षकै उमेरमा सेक्स
मेरो विचारमा सेक्स मानवीय आवश्यकता हो । जसले पनि गर्छ । यसको अर्थ जहाँ पायो त्यहीँ गर्नुपर्छ भन्ने होइन । जोसित लगाव हुन्छ, उसित दिमाग र मुटु पनि जोडिन्छ अनि, शारीरिक सम्बन्ध हुन्छ । तनाव घटाउन पनि सेक्स महŒवपूर्ण हुन्छ ।

आत्मसन्तुष्टि पनि हो सेक्स । सेक्स्युअल डिजायर सबैलाई आउँछ । कसैले खुलेर बोल्छ, कोही बोल्दैन । हामीलाई पनि आउँछ । यो नौलो कुरा होइन । सेक्सयुल डिजायर आयो भन्दैमा सेक्स नै गर्नुपर्छ भन्ने छैन । कसरी पूरा गर्ने भन्ने आफूमा भरपर्ने कुरा हो । आफूलाई मनपर्ने मान्छेसँग कुरा गरेर पनि त्यो पूरा गर्न सकिन्छ ।

मैले १०–११ वर्षकै उमेरमा शारीरिक सम्बन्ध राखेँ । मसँगै स्कुलमा पढ्ने साथीसित पहिलोपटक सेक्स्युअल रिलेसन बन्यो । उसकै घरमा भएको थियो । हामी दुवैले यो कुरा अति गोप्य राख्यौँ । ऊसित लभ परेर वा मैले उसलाई मन पराएर भने त्यसो भएको होइन । धेरैपटक ऊसँग सम्बन्ध राखियो । स्कुल पढ्दा नै अरू दुई–तीनजनासित पनि मेरो सम्बन्ध बन्यो । एकजना मेरो घरमै आउँथ्यो । हामी सँगै बस्थ्यौँ । दुवै केटा मान्छे भएकाले घरमा कसैले शंका गर्ने कुरा पनि भएन ।

मुख मैथुन सेक्सको स्टार्टिङ प्वाइन्ट हो । मलाई त्यो मन पर्छ । जसलाई मैले चोखो माया गरेँ उसित मैले धेरैपटक मुख मैथुन गरेकी छु । मुख मैथुन पनि प्राकृतिक सेक्सजस्तै हो । सबैले गर्छन् होला । तर, भन्दैनन् वा भन्न चाहँदैनन् । हामी खुलेर भन्छौँ ।
००००

मान्छेले चिन्दा गाह्रो हुने
एकपटक म संस्थाकै कामको सिलसिलमा पूर्व गएकी थिएँ । नयाँ वर्ष सुरु हुने तयारीमा थियो । सायद मलाई लाग्छ सन् २०१० सकिने वेला हो । त्यतिवेला म नेपाली कांग्रेसको महासमिति सदस्य भइसकेकी थिएँ । कांग्रेसका कार्यक्रममा पनि सहभागी हुने गर्थे ।

संस्थाको काम सकिएपछि हामी साथीहरू सिलगुडी घुम्न गयौँ । न्यु इयर इभ त्यतै रमाइलो गरेर मनाउने योजना बनायौँ र त्यही बस्यौँ । राति डिस्को गयौँ । वाइन खाँदै, नाच्दै रमाइलो गरिरहेका थियौँ । मलाई अलिअलि लागिसकेको थियो । वान पिस लगाएकी थिएँ, राम्री देखिएकी थिएँ ।

डिस्कोमै भएको एकजना मान्छे मलाई अघिदेखि हेरिरहेको थियो । मैले पनि ‘वाच’ गरिरहेकी थिएँ । धेरैपटक आँखा जुधिरहेका थिए । डान्स गरेर फेरि मैले साथीसँगै वाइन लिएँ । गिलास हातमै थियो । त्यो मान्छे त मेरो नजिक आएर ‘जय नेपाल’ भन्यो । म त छाँगाबाट खसेजस्तै भएँ । रक्सी सबै उड्यो ।

हातको गिलास अर्को साथीलाई दिएँ । नर्भस नै भएँ नि !
खासमा ऊ नेपाली कांग्रेसको मान्छे रहेछ । मलाई चिन्दो रहेछ । रमाइलो गर्न गएको ठाउँमा भेटियो । त्यही भएर कति वेला यसरी सबैले चिन्ने नभइदिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । व्यक्तिगत लाइफ बिताउन खोज्दाखोज्दै पनि कतिपय वेला नमिल्दो रहेछ ।

००००
महाधिवेशन प्रतिनिधि बनेर कांग्रेसको राजनीतिमा
विचार, सिद्धान्तका हिसाबले पहिलेदेखि नै नेपाली कांग्रेस मनपथ्र्यो । तर, पार्टीको सदस्य भने थिइनँ । लैङ्गिक तथा अल्पसंख्यक समुदायको हक–अधिकार स्थापित गर्न राजनीतिक रूपले पनि लबिङ गर्नुपर्ने हुन्छ । त्यसैले आफूलाई मन परेको पार्टी नै रोजेँ । १२औँ महाधिवेशन हुनुभन्दा चार–पाँच महिनाअगाडि मात्रै मैले कांग्रेसको सक्रिय सदस्यता पाएकी हुँ । त्यसको लगत्तै महाधिवेशन प्रतिनिधि बनेँ र १२औँ महाधिवेशनमा भाग लिएँ । महाधिवेशनमा चार हजार प्रतिनिधिमध्ये म एकजना मात्रै हाम्रो समुदायको थिएँ ।

हाम्रा कुराहरू संविधानमा पनि समेटियोस् भन्ने उद्देश्यले हामीले संविधानसभामा पनि सहभागिता खोज्यौँ । पहिलो संविधानसभा सुनीलबाबु पन्त सभासद् हुनुहुन्थ्यो । दोस्रो संविधानसभामा कांग्रेसले समानुपातिकको सूचीमा मेरो नाम पनि राखेको थियोे । तर, मेरो नागरिकतामा कैलाश श्रेष्ठ भनेर नाम थियो । बाहिर भूमिका भनेर चिनिने । यही ‘टेक्निकल समस्या’ भनेर पछि मेरो नाम फालियो रे ।

००००
सम्मानजनक व्यवहार पाएकी छु
समाजमा चिनिँदै गएपछि मान्छेहरू मसित कुरा पनि सम्मानजनक ढंगले गर्छन् । मलाई सोझै प्रेम प्रस्ताव राख्न वा सेक्स्युअल रिलेसनको प्रस्ताव गर्न हिच्किचाउँछन्, डराउँछन् । समाजमा स्थापित केही मान्छे भने घुमाउरो ढंगले कुरा गर्छन् । ‘तिमी त कति राम्री, कसरी यति राम्री भएकी’ भनेर भन्छन् । एक–दुईजना वरिष्ठ अधिकारकर्मीले पनि यसो भन्ने गरेका छन् ।

अहिले मलाई पनि पहिलेको जसरी बोल्न अप्ठेरो लाग्छ । भन्न मन भए पनि धेरै कुरा भन्न सकिन्न । धेरै सोचविचार गरेर बोल्नुपर्छ । कहिलेकाहीँ समाजमा यसरी नचिनिएको भए पनि हुन्थ्योजस्तो पनि लाग्छ ।
(मिरर न्यूज मासिकको साउन अंकबाट), साभार: पूर्वेली न्युज
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger