Monday, June 5, 2017

आम नेपालीलाई खुशीको खबर, अबको केही वर्षमा कसैले पनि मजदुरीका लागी विदेश जान नपर्ने

News Update | 9:23 AM |



उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरुलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विदेशिएका युवाहरुलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले देशको ठूलो जनशक्ति युवा जगत विदेसिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

विदेशमा रोजगारीमा जाने युवाहरुलाई सम्बन्धित कामको दक्ष क्षमता तालिम दिएर पठाउन सकेमा राम्रो परिणाम आउन सक्ने उहाँको विश्वास थियो । उहाँले स्वदेशी पुँजीलाई देशभित्र रहेका उद्योगहरुमा लगानी गर्नु जरुरी रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले गरिबी निवारण र रोजगारी सिर्जनाका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा) प्रभावकारी बन्दै गइरहेको बताउनुभयो । उक्त कार्यक्रम ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरेर सन् १९९८ देखि राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा सञ्चालन भएको थियो । हाल सो कार्यलाई अस्ट्रेलिया सरकारबाट समेत सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।

गरिबीको रेखामुनि रहेका र सामाजिकरुपमा पछाडि पारिएका समूहका व्यक्तिलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित मेडेपाले २०७३ भदौसम्ममा ७६ हजार लाभान्वित भएको तथ्याङ्कले देखाएको छ ।

मेडेपाले ९७ हजार ६७३ मानिसलाई दीर्घकालीन रोजगारी सिर्जना गरेको छ । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको बताइएको छ । हाल देशका ३८ जिल्लामा मेडेपा सञ्चालन भइरहेको छ ।

मेडेपाले सेवामूलक, हस्तकला, कृषि र वन पैदावरमा आधारित कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइएको छ । जसअनुसार कृषिमा आधारित ५३ हजार ७४१ उद्यमी रहेका छन् । यसबाट प्रत्यक्षरुपमा वार्षिक प्रतिव्यक्तिको आम्दानी रु एक लाख ५८ हजार ६२६ रहेको तथ्याङ्कले देखाएको छ ।

सो अवसरमा मन्त्री जोशीले मन्त्रालयकी सहसचिव एवम् मेडेपाका राष्ट्रिय कार्यक्रम निर्देशक यामकुमारी खतिवडालाई कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो । यसैगरी मेडेपाका प्रमुख सल्लाहकार लक्षमण पुन र संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम निर्देशक नवीना श्रेष्ठलाई समेत कदरपत्रबाट सम्मान गरिएको थियो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger