Sunday, March 12, 2017
Browse » Home » » ५०औं हजार सहभागीका बिच भैरहवामा बोले ओलि
५०औं हजार सहभागीका बिच भैरहवामा बोले ओलि
News Update | 6:53 AM |
एमालेको मेची महाकाली अभियान अन्तरगत २९ फागुनमा रुपन्देहीको भैरहवास्थित अञ्चलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सरकारले जनता र देशका लागि काम नगरेको आरोप लगाए ।
एमाले अध्यक्ष ओलीले भने, “यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ ।” पहाडी र मधेसी भनेर झगडा गर्ने र जातजातका नाममा झगडा गराउने काम भइरहेको उनको आरोप थियो ।
एमाले हिमाल, पहाड, तराई पस्नबाट कसैले रोक्न सक्ने बताउदै सम्बोधनका क्रममा ओलीले भने, “मोर्चाका नेताहरु एमालेलाई तराई पस्न नदिने भन्छन् । नयाँ शक्ति नामक बुद्धिबिग्रिएकाहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।” उनले संविधानमा विभेद नभएकोले संशोधन नहुने बताए । अहिले संशोधन भए यसले अन्य प्रदेशहरुमा संशोधनको कुरा उठ्ने उनको भनाई थियो ।एमालेको मेची महाकाली अभियान अन्तरगत २९ फागुनमा रुपन्देहीको भैरहवास्थित अञ्चलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सरकारले जनता र देशका लागि काम नगरेको आरोप लगाए ।
एमाले अध्यक्ष ओलीले भने, “यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ ।” पहाडी र मधेसी भनेर झगडा गर्ने र जातजातका नाममा झगडा गराउने काम भइरहेको उनको आरोप थियो ।
एमाले हिमाल, पहाड, तराई पस्नबाट कसैले रोक्न सक्ने बताउदै सम्बोधनका क्रममा ओलीले भने, “मोर्चाका नेताहरु एमालेलाई तराई पस्न नदिने भन्छन् । नयाँ शक्ति नामक बुद्धिबिग्रिएकाहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।” उनले संविधानमा विभेद नभएकोले संशोधन नहुने बताए । अहिले संशोधन भए यसले अन्य प्रदेशहरुमा संशोधनको कुरा उठ्ने उनको भनाई थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment