Saturday, March 25, 2017

आजाद VISA अनलाइन APPLY गरी मासिक २ लाख कमाऔ.सेयर गरौ(भिडियो)

News Update | 11:52 PM |



आजाद भिसामा कतार अथवा खाडी देश हरुमा नेपाली जानको लागि तछाडमछाड गरिरहेका छन् ! उनीहरुको विस्वास छ कि आजाद भिसामा विदेश जाँदा धेरै पैसा कमाइन्छ ! धेरै नेपाली हरु जो आजाद भिसामा कतार जाने गर्दछन उनीहरुलाई पनि थाहा छैन आजाद भिसा भनेको के हो र त्यसले कसरी काम गर्छ भनेर !

जव न्बेपली हरु आजाद भिसामा कतार पुग्छन तव मात्र थाहा हुन्छा उनीहरुलाई वास्तवमा आजाद भिसा भनेको के रहेछ भनेर ! जब आजाद भिसा बोकेको मान्छे कत8Dतै गाह्रो छ, कि त तपाई संग उच्च सिक्षा हासील गरेको प्रमाण पत्र हुनु पर्यो, कि भने कतारमै धेरै बर्ष काम गरेको अन8Dपनीमा काम गर्न पाउने उल्लेख गरिएको हुन्छ ! तर त्यति सजिलो भने आजाद भिसामा गएका हरुले पाउदैनन !

त्यसैपनि आजभोली कतारमा आफुले चाहे अनुसारको नोकरी पाउन अत्यन्तै गाह्रो छ, कि त तपाई संग उच्च सिक्षा हासील गरेको प्रमाण पत्र हुनु पर्यो, कि भने कतारमै धेरै बर्ष काम गरेको अनुभव पत्र हुनु पर्यो क्यैपनि छैन भने पनि कारको ड्राइभिंग लाइसन्स हुनु पर्यो नत्र त्यति सजिलै कतारमा नोकरी पाउदैन !

वास्तवमा आजाद भिसा भनेको के हो त ?

आजाद भिसा भनेको साधारण तपाई हामी कतार आउँदा लगाइने भिसा नै हो, वास्तवमा भन्नु पर्दा आजाद भिसा एउटा कम्पनि द्वरा निकालिएको भिसा हो जहाँ कम्पनीले भिसा निकालेको व्यक्तिलाई NOC दिएर आफु बाट आजाद मतलव (मुक्त) गर्ने गरिन्छ त्यसलाई नै अरवी भाषामा आजाद भिसा भन्ने गरिन्छ !

आजाद भिसामा कतार जानुको फाईदा के के छन् ?

आजाद भिसामा कतार जान सोच बनाउनु भएको छ भने एउटा फाइदा भने पक्कै छ यदि तपाइँ दक्ष् व्यक्ति हुनुहुन्छ भने ! जव तपाई आजाद भिसामा कतार पुग्नु हुन्छ, कतार पुगेकै दिन तपाइँको भिसा निकाल्ने कम्पनीले तपाइँलाइ एउटा NOC प्रमाण पत्र प्रदान गर्ने गर्दछ जस अनुसार तपाई आफ्नो क्षमता र आफ्नो भिसाको प्रकार अनुसार जुनसुकै कम्पनीमा पनि काम गर्न सक्नु हुन्छ यदि कम्पनीले राख्न चाहेको खण्डमा ! आजाद भिसा मात्र ३ महिना सम्मको मात्र म्याद हुने भएकाले कतार पुगेको ३ महिना भित्रै युएता कपानी खोजेर आफु सेटल भइसक्नु पर्ने हुन्छ !

आजाद भिसा विशेस गरि त्यी व्यक्ति हरुलाई फाइदा छ जो राम्रो संग अंग्रेजी भाषा बोल्न जान्दछ, गल्फ देशहरुमा उस्तै उस्तै काम गरेको अनुभव बोकेको र कतारको जुनसुकैपनि सवारी साधनको लाइसन्स भएको हरुलाई आजाद भिसा राम्रो मानिन्छ ! त्यस्ता व्यक्ति हरुले सजिलै संग काम पाउछन र राम्रो कम्पनि हरुले उनीहरुलाई राख्ने हुँदा अनुभवी व्यक्ति हरु कपनिको रोजाईमा पर्ने गर्दछन !

आजाद भिसामा कतार जानको लागि कति पैसा तिर्नु पर्छ ?
हामि सबैले सोध्ने प्रश्न भनेकै आजाद भिसामा कतार पुग्न कति पैसा तिर्नु पर्छ भनेरनै हो ! एउटा कुरा राम्रो संग बुझ्न जरुरि छ कि आजाद भिसा भनेर कतार सरकारले कुनै पनि भिसा इसु गर्दैन, आजाद त त्यी कम्पनि हरुले बनाउने हुन् जसको धन्दानै नेपाल अथवा अन्य देश बाट मान्छे मगाएर पैसा कमाउने सोच बनाएका हुन्छन !
त्यसैले आजाद भिसामा ठयाक्कै कति पैसा लाग्छ भनेर भन्न सकिदैन, कुनै कुनै नेपाली कम्पनि हरुले लेबर पदको लागि २५ सय रियाल र ड्राइभर पदको लागि ३५ सय कतार रियाल लिएको मैले व्यक्तिगत रुमपा देखेको छु ! तर कुनै कुनै भिसा निकाल्ने कम्पनीले सस्तो लिउछ्न भने कतिपय कम्पनिहरुले काम खोजिदिने सर्तमा धेरै पैसा लिएको पाईन्छ !

यदि तपाई आजाद भिसामा कतार गएर धेरै पैसा कमाउने सोच बनाउनु भएको छ भने एक पटक आफुले आफैलाई हेर्नु होला कि मेरो वस्तविक क्षमता धेरै कमाउने हो या हैन भने ! कतिपय नेपाली हरु दोहाको चौरमा रात भरि सुतेको पनि देखेको छु मैले, आउँन त आजाद भिसामा कतार आए त राम्रो तलव पाउने उनीहरुको क्षमता थिएन कामको खोजि गर्दा गर्दै नेपाल बाट लिएको पैसा पनि सकियो त्यसैले रातको समयमा चौरमै पल्तिनु पर्ने बाध्यताको सामना पनि गर्नु पर्ने हुन्छ !

आजाद भिसा निस्कन कति समय लाग्छ ?

वास्तवमा आजाद भिसा २ दिन भित्र निस्कन्छ, आजाद भिसाको लागि तपाईले कतारको कुनै कम्पनीलाई आफ्नो पासपोर्टको फोटोकपि दिएको एक अथवा दुइ दिन भित्रमै आजाद भिसा तपाईले प्राप्त गर्न सक्नु हुन्छ ! छिटो भिसा निस्कने भएकाले दक्ष व्यक्तिको रोजाईमा आजाद भिसा पर्ने गर्दछ !

के आजाद भिसामा कतार पुगेका व्यक्ति हरुले जुनसुकै काम गर्न पाउछन त ?

यदि तपाई आजाद भिसामा कतार गएर जुनसुकै पनि काम गर्न पाइन्छ भन्ने सोच्नु भएको छ भने तपाई भ्रममा हुनुहुन्छ, कतारले २०१६ मा परिमार्जन गरेको नियम अनुसार तपाई जुन भिसामा कतार जानु भएको छ त्यै भिसा अनुसारको मात्र काम गर्न पाउनु हुन्छ ! त्यसैले तपाईको भिसा लेबरको छ भने तपाई गाडी चलाउने काम गर्न पाउनु हुदैन चाहे तपाई संग कतारको लाइसन्स होस् या नहोस !

अन्यमा निष्कर्ष !

यदि तपाई संग कुनैपनि खाडी देश हरुमा काम गरेको अनुभव छ, तपाई देरै पढेको हुनुहुन्छ अथवा कतारमा कुनै सवारी साधनको चालक अनुमति पत्र छ भने तपाईको लागि आजाद भिसा राम्रो हो तपाई कतार आजाद भिसामा जान सक्नु हुन्छ ! तर तपाई पहिलो पटक विदेश जाने सोचमा हुनुहुन्छ भने झुक्केर पनि आजाद भिसामा कतार नजानु होला ! भिसा निकाल्न लाइ करिव नेपाली एक लाख रुपैया, टिकट को लागि ५० हजार र श्रम स्वीकृतिको लागि १० हजार गर्दा जम्मा जम्मी खर्च दुइ लाख भन्दा धेरै लाग्ने गर्छ !

तपाईलाइ आजाद भिसा कस्तो लग्यो ? तपाई कुन भिसामा कुन देशमा हुनुहुन्छ ? हामीलाई कमेन्ट गर्न नभुल्नु होला ! यदि तपाईको साथीहरुले आजाद भिसामा जाने सोच बनाउनु भयुएको छ भने सेयर गरि जानकारी गराउनु होला !
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger