Tuesday, March 28, 2017

२५८ रनको लक्ष्य तोड्न नेपालले ब्याटिंग सुरु गर्यो.NEPAL VS BANGLADESH[LIVE]

News Update | 12:08 AM |



१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशबाट जितका लागि २५८ रनको लक्ष्य पाएको छ ।

नेपाल केहिबेरमा जबाफी ब्याटिङमा उत्रँदैछ ।

शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २५७ रनको योगफल बनायो ।

सुरुवाती तीनजना ब्याट्सम्यान सस्तैमा आउट भएपनि बंगाली कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याए । छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १०९ रनको शतकीय पारी खेले । उनले ११५ बलको सामना गरी १२ चौका र २ छक्का हिर्काएका थिए । एउटा एण्डबाट विकेट झरिरहँदा नसिर हुसेनले बंगलादेशको पारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे ।

नवाैं विकेटका लागि उनले अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेशले ठूलो योगफल बनाउन सफल भयो । अब्दुलले २९ रन बनाए ।

२६औं ओभरमा युवा स्टार सन्दिप लामिछानेको बलमा आउट हुनुअघि कप्तान हकले पनि ६१ रनको अर्धशतकीय पारी खेले । उनले नसिरसग मिलेर पाचौं विकेटका लागि ७८ रनको ठोष साझेदारी गरे ।

यसअघि सुरुवाती पाच ओभरमै अभिनाश कर्णले बंगलादेशको तीन विकेट झारेका थिए । ११औं ओभरमा मेहवुव आलमले पनि १ विकेट लिए । युवा स्टार सन्दिप लामिछानेले दुई विकेट लिए । कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह एेरीको नाममा एक एक विकेट रह्यो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger