Wednesday, May 3, 2017

अमेरिकामा नेपाली विद्यार्थीले पढने कलेज गोली चल्यो, दुईको मृत्यु(LIVE)

News Update | 8:41 PM |



ड्यालस, २१ वैशाख । टेक्ससको ड्यालसस्थित नर्थलेक कलेजमा बुधबार गोली चलेको छ । त्यसक्रममा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अर्बिंगमा रहेको सो कलेजमा झण्डै एकहजार पाँचसय नेपाली विद्यार्थी अध्ययन गर्छन् । कक्षा चलिरहेको समयमा आएका एक श्वेत वर्णका युवकले गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रहरीले व्यापक खोजविनपछि गोली हान्ने युवक र अर्का एकलाई मृत अवस्थामा फेला पारेको छ । ती युवकले गोली हानेर आफूले आत्महत्या गरेको अनुमान गरिएको छ । सामुदायिक कलेजमा घटना भएपछि बुधबारका सबै कक्षा बन्द गरिएको कलेज प्रशासनले जनाएको छ । सो कलेजमा अध्ययनरत सबै नेपाली बिद्यार्थी सुरक्षित रहेको बताइएको छ । एजेन्सी
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger