Monday, May 29, 2017

सरकारले पदक नदिए के भयो?जनताले मनमा बसाले पुग्छ हामीलाई-धुर्मुश-सुन्तली(सेयर गरौ)

News Update | 8:05 PM |



काठमाण्डौ जेठ १६ – अहिले ‘सिजन’ पदकको छ । पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारी पदकको पंक्तिमा अगाडि देखिए ।
पदकलाई लिएर आलोचना पनि उत्तिकै छ, सामाजिक संजालमा । आलोचनापछि प्रधानमन्त्री पुत्र प्रकाश दाहालले सफाई दिए र पदक नलिने घोषणा पनि गरे ।
यो पदक पाउनेको कुरा थियो । अर्कोतिर म्यागासेसे पुरस्कार बिजेता महाबीर पुन यहि बेला आफुले पाएका पदक लिलामको सूचना जारी गरिरहेका छन् । आबिस्कार केन्द्रका लागि पैसा जुटाउन पुनले यस्तो कदम चालेका छन् ।
अहिले यी दुई कुरा चर्चामा छन् । तर, पदक पाउन योग्यहरु छुटेकोवारे चाहीँ कमै चर्चा छ । गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

तर, दुर्भाग्य यो लामो सूचिमा केही यस्ता व्यक्तिको नाम भेटिएन, जो पदकका सवैभन्दा बलिया दावेवार थिए । नेपालको चर्चित जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नाम भने यो सम्मानमा कहि कतै समेटिएको छैन । समाजसेवामा उनीहरुको अतुलनीय योगदान चाहीँ कसैले बिर्सेका छैनन् । तर, राज्यले चाहीँ पदकका लागि सम्झेन ।अभिनयबाट चर्चित बनेका यो जोडी पछिल्लो समय समाजसेवामा अग्रस्थानमा रहँदै आएका छन् । तीन चरणमा तीन ठाँउमा एकिकृत बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेका यो जोडीको नाम कहिकतै सम्मानमा नहुँनु दुःखको कुरो हो ।

राज्यको तर्फबाट दिइने कुनै पनि सम्मानको अहिलेसम्म आफुलाई खबर नआएको कलाकार सितारमा कट्टेल ‘धुमर्स’ले बताए । ‘केही दिन पहिले पनि सम्मान बाँडिएको मिडियाबाट थाहा पाएको थिएँ’ धुर्मसले भने ‘आज पनि बाँडिदैरहेछ । तर, मलाई कहि कतैबाट खबर आएको छैन ।’

गत बर्ष ‘प्रवलजनसेवा श्री’ सिफारिसमा परेपनि अहिलेसम्म उक्त पदक नपाएको सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । ‘सिफारिस भएको कुरा आएको थियो, तर पदक चाहीँ पाइएनँ’ उनले भने ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति निवासमा आयोजना गरिएको जलपानको निम्तो आउँदा सम्मानको कुनै निम्तो नआएको कट्टेलले खुलाए । ‘यदि जलपानमा सम्मान हुन्थ्यो भने खुलाएर आउथ्यो होला’ उनले थपे ।

धुर्मुस सुन्तलीले काभ्रेको पहरी गाउँमा, गिरानचौर र महोत्तरीका मुसहर समुदायका लागि गरेर तीन एकीकृत नमुना बस्तीबाट निर्माण सम्पन्न गरिसकेका छन् ।

राज्य तथा अन्यबाट सम्मान पाउने आसले भन्दा पनि आफ्नो स्वविवेकले समाजसेवा गरेको धुर्मुसल बताए । उनले सम्मान नपाए पनि समाजसेवा तर्फको आफ्नो लगाव कहिकमी नआउने सुनाए ।

उनले भने ‘देश तथा बिदेशमा रहने नेपाली दाजुभाई तथा दिदी बहिनीले जुन सम्मान दिइरहनु भएको छ । त्यो सम्मान हाम्रो लागि सबैभन्दा ठुलो सम्मान हो ।’

राष्ट्रको तर्फबाट दिइने सम्मान कलाकार जितु नेपाल र विल्सन बिक्रम राई ‘तक्मेबुढा’ले भने थापेका छन् ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger