Monday, March 6, 2017

सप्तरी घटनापछि यस्तो आयो उपेन्द्र यादवको प्रतिक्रिया

News Update | 6:59 AM |



काठमाडौं, २३ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रहरीले निहत्था जनतालाई गोली हानेर हत्या गरेको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा मधेसी मोर्चाका एक कार्यकर्ताको मृत्युपछि दैनिक नेपालसँग घटनाका विषयमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष यादवले आक्रोशित हुँदै भने– ‘प्रहरीसँग झडप भएको होइन । नरसंहार गरेको छ । प्रहरीले गोली हानेर मारेको हो ।’

एमालेको मेची महाकाली राष्ट्रिय अभियानको सभा विथोल्ने क्रममा सोमबार अपराह्न राजविराजमा भएको झडपमा प्रहरीको गोली लागेर मधेसी मोर्चाका कार्यकर्ता सज्जन मेहताको मृत्यु भएको थियो ।

अध्यक्ष यादवले कसैको विरोध गर्यो भन्दैमा जनतालाई हत्या गर्न पाइँदैन नि ? भनेर प्रतिप्रश्न गरे । उनले भने, ‘निहत्था जनतामाथि गोली प्रहार गर्न पाइँदैन । विरोध गर्ने अधिकार सबैको हो ।’

एमालेको कार्यक्रमलाई विथोल्न राखेको कार्यक्रमले गर्दा स्थितिले झडपको रुप लिएको भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष यादवले भने, ‘राजनीतिक स्वतन्त्रता सबैलाई समान रुपले छ । विरोध र समर्थन आफ्नो ठाउँमा छ । तर, राज्यले निहत्था जनतालाई गोली हान्यो ।’

संयमित हुन सबैमा अपिल

यसैबीच अध्यक्ष यादवले सबै पक्षलाई उत्तेजित नहुन र संयमित भएर बस्न अपील गरेका छन् । अध्यक्ष यादवले भने, ‘सबैलाई उत्तेजित नभई संयमित भएर बस्न आग्रह गर्छु ।’
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger