धनकुटाको पात्लेमा करेन्ट लागेर महिलाको मृत्यु, घर आगलागी (तस्विहरू सहित)

धनकुटा, ४ भदौ । धनकुटा नगरपालिका–१० पात्लेमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा करेन्ट लाग्दा धनपा–१० की ३५ बर्षीया रीता अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।धनकुटाको पात्लेमा करेन्ट लागेर मृत्यु भएकी अधिकारीको शव ।

बिहान करिव ९ बजे स्थानीय फप्तेबहादुर सार्कीको घरमा बिधुत सर्ट भएर आगलागी भएको थियो । छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा बिधुत सर्ट भएर करेन्ट लाग्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।मृतकको सवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । यता आगलागीका कारण टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुदा करिव १० लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment