के कुराको डर ?
विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ।विवाहपूर्व यौनसम्पर्कका आ-आफ्नै समस्या हुन सक्छन्। तपाइर्ंलाई किन डर लागिरहेको भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन। डर थुप्रै कुराले भएको हुनसक्छ, जस्तै— विवाहपूर्व यौनसम्पर्कको कारणले हुने भय वा महिनावारीको बेलामा यौन सम्पर्क भएका कारणले वा गर्भ रहला कि भन्ने भय वा चिलाएका कारणले भएको भय।विवाहपूर्व नै यौनसम्पर्क राख्न किन कुनै खास व्यक्ति चुनियो भन्ने कुरा तपाईंलाई नै थाहा होला। पक्कै घनिष्ठ सम्बन्ध भएको हुनुपर्छ र त्यसमा विश्वासको जग पनि बलियो हुुनुपर्छ। क्षणिक आनन्दमा होस हराएको स्थिति भने एक किसिमले दुर्घटना नै हो। यसका स्वास्थ्यसम्बन्धी गम्भीर असर हुन सक्छन् भने अर्कातिर सामाजिक।
के महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ ?
कतिपय समाजमा महिनावारीका बेला यौनसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ। महिनावारी भएको बेलामा स्वस्थ पुरुष तथा महिलाको बीचमा हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुनै वैज्ञानिक कारण छैन।तपाईंलाई थाहा छ भने महिनावारीको रगतको स्रोत पाठेघर हो र पाठेघरको मुखमा भएको सानो प्वालबाट यो रगत बाहिर आउँछ। पाठेघरको मुखले हत्तपत्त बाहिर आइसकेको कुरालाई यहाँसम्म कि कतिपय सूक्ष्मजीवलाई पनि भित्र जान दिँदैन। यौनसम्पर्क गर्दा योनिरसको सम्पर्कमा लिङ्ग आउने कुरा त तपाईंलाई पनि थाहै होला।

त्यसैगरी थोरै भए पनि लिङ्गबाट आउने रसको सम्पर्कमा योनि पनि आउँछ। स्वस्थ व्यक्तिको बीचमा भएको यौनसम्पर्कमा आउने यस किसिमको रसले हानि गर्दैन। महिनावारीका बे ला आउने रगतलाई कतिपयले फोहर रगत मान्छन्, तर त्यो सत्य होइन।महिनावारीमा आउने रगत फोहर होइन भनेर सबैले बुझ्नु आवश्यक छ। शरीरबाट आउने रसको सम्पर्कमा आउँदा खराबी नहुने तर रगत आउँदा विशेष रूपमा खराबी हुने कुरा भन्ने कुरा अलि मिल्दो भएन। यसको कारणले डर लागेको भए चिन्ता नलिए हुन्छ।
मिन्स भएको कति दिनमा बच्चा बस्छ ?
पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ।यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्।त्यहाँ परिपक्व भएको डिम्ब -अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ।
सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ ः
१. डिम्ब निष्कासन,
२. यौ नसम्पर्क,

३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बा ँच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ।
योनि किन चिलाएको होला ?
योनि वा त्यस वरिपरिको क्षेत्र विभिन्न कारणले चिलाउन सक्छ, जस्तै कि संक्रमण, छालामा हुने अन्य खराबी वा एलर्जी। योनि तथा यौनाङ्गमा विभिन्न संक्रमण हुनसक्छन्। यस्ता संक्रमणमध्ये यौनसम्पर्कका कारणले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमणलाई यौनरोग वा यौन संसर्गजन्य संक्रमण भनिन्छ।यौनसम्पर्क राख्दा कन्डम प्रयोग नगरेको स्थितिमा यस्तो संक्रमण हुन सक्छ। यौनसम्पर्क नै नराखे पनि योनि तथा यौन अङ्गका संक्रमण हुन सक्छन्, जसलाई हामी प्रजनन अङ्गका संक्रमण भन्छौं।योनिको संक्रमण विभिन्न कारणले हुन सक्छ। यसरी योनिको संक्रमण हुँदा योनिद्वार वा त्यसवरिपरिको क्षेत्रको पनि संक्रमण हुन्छ र त्यसलाई एकसाथ भन्न अंग्रेजीमा खगखिय-खबनष्लष्तष्क शब्दको प्रयोग गरिन्छ।ब्याक्टेरियल भ्याजिनोसिस ः योनिको संक्रमणमध्ये यस्तै आधाजसो महिलामा यही संक्रमण भएको पाइन्छ। योनिमा विभिन्न किसिमका सूक्ष्म-जीवाणुहरू प्राकृतिक रूपमै सन्तुलित रूपमा बसेका हुन्छन्।
विशेष गरेर त्यस सन्तुलन बिगि्रन जा ँदा एक किसिमको जीवाणु अत्यधिक मात्रामा बढ्छ। विशेष गरेर यस्तो हुँदा नराम्रोसँग गन्हाउने तथा सेतो वा मैलो -खरानी) रंगकोे योनिश्राव हुन्छ।
योनिश्राव एकदमै पातलो -पानीजस्तै) पनि हुनसक्छ। यसका साथै योनि तथा योनिको वरिपरि चिलाउने हुनसक्छ र पिसाब फेर्दा पनि पोल्न सक्छ भने कतिपय महिलामा यी लक्षण नै नदेखिन सक्छ।ढुसीको संक्रमण ः योनिश्राव अलि बाक्लो मैलो सेतो रंगको पनिरजस्तै हुन्छ र एकदमै चिलाउने हुन्छ। कहिलेकाहीं योनिश्राव देखिने गरेर नहुन सक्छ। योनिको वातावरणमा आएकोे परिवर्तनले यसको संख्यामा निकै वृद्धि हुँदा यस्तो समस्या दे खिन्छ।ट्राइकोमिनियासिस ः योनि तथा त्यसको वरिपरि चिलाउने त हुन्छ नै, साथसाथै पहेंलो हरियो वा मैलो सेतो -खरानी) रंगको फिंजजस्तो योनिश्राव हुन्छ र पिसाब पोल्न सक्छ। यो यौनसम्पर्कवाट सर्छ।सही निदान र उपचारका लागि चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ।

0 comments:
Post a Comment